खुर्पा खोज्छ मुर्ख चाहिं
मालिकको घर भित्र बिरालोले बाघै ठान्छ
जंगलभित्र कुसुण्डाले आफूलाई राजै ठान्छ ।
औकात बिर्सीहाल्ने बानी मान्छेले नै सिकायो कि
कनसुत्लो नि पाएसन्म आफूलाई नागै ठान्छ ।
ढाडिएको किर्नो ठान्ला, संसार भरमै पुष्ट छु म
चेपागाँडा कुवा भित्र, आफूलाइ माछै ठान्छ ।
पन्चपात्रो हिच्किचाउँछ, प्रदुषित पो छ कि पानी
अमिलो होस् जत्ति निगार, डबकाले ताजै ठान्छ ।
ढोकामाथि टाउको जुद्धा खुर्पा खोज्छ मुर्ख चाहिं
सिकाइ भयो भन्दै सज्जन यसमा पनि लाभै ठान्छ ।
२०७३ साउन १२
काठमाडौं