सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ख्वामित के गरूँ ?

Nepal Telecom ad

म पनि हाकिम भए
त्यो पनि मसगै हाकिम भो
उसकी श्रीमतीले
महङ्गा गरगहना लाउन थाली
लाएर त के भो र, तर गरगहना लाएर
मेरी श्रीमतीलाई भेट्न आउन थाली
मेरी त्यस्ती सोझी श्रीमतीले पनि
मेरो बिरोधमा गीत गाउन थाली
ख्वामित म त हजुरकै भरमा परेँ
अरुले जस्तो दाँया बाँया नगरी
इमानदारीकासाथ काम गरेँ
ख्वामित, अब के गरूँ
अझै हजुरको भर परूँ कि
म पनि अरुले जस्तै दाँयाबाँया गरूँ ।

ससुराल जाँदा पनि साली भन्छे
अरु सरकारी हाकिम रे
म चाहिँ तरकारी हाकिम रे
सालो पनि भन्छ
अरु गाँठवाला हाकिम रे
म चाहिँ टाटवाला हाकिम रे
भन्नुस् न ख्वामित म के गरूँ
हजुरकै भरमा परूँ कि
अब अरुले झै क्यै गरूँ ।

म पनि के गरूँ त ल
कहिले हजुरलाई
हजुरका चित्रगुप्तले
कुरो लाउलान् कि भन्ने डर
कहिले हजुरका दूतले
समाउलान कि भन्ने डर
गर्नेले तलमाथि गरेकै छ
नगर्ने बिचरा म जस्तै मर्कामा परेकै छ
अब त रिटायर्ड हुने बेला नै भइेसकेछ
भन्नुस् त ख्वामित, अब के गरूँ
अझै हजुरको भर परूँ कि
म पनि अरुले जस्तै दाँयाबाँया गरूँ ।

दाङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे