सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बद्री तैँले ठिक गरिस्

Nepal Telecom ad

बद्री तैले पनि अरुले झै
प्रभुको बुइ चढी आन्दोलनमा लाग्नु पर्थ्यो
प्रभुलाई के के चहिएको लिस्ट माग्नु पर्थ्योे
तैले त राष्ट्रभक्तिको भावना देखाइस्
नवपिँडीमा देसभक्तिको भावना जगाइस्
त्यसैले त अल्पमतमा परिस्
तर म त भन्छु बद्री
तैले जे गरिस् ठिक गरिस् ।

यो प्रभुले आँखा गाडेको देशमा
तैले प्रभुको तालमा नाच्नु पर्थ्यो
न जाने पनि कम्मर भाच्नु पर्थ्यो
प्रभुका भक्तहरूलाई पुरस्कार दिनु पर्थ्यो
प्रभुको चेलाको सम्माण लिनु पर्थ्यो
प्रभुकाका दलानलाई भाउ दिनु पर्थ्यो
प्रभुका ठेकदारलाई गाउँ दिनु पर्थ्यो
तैले त देश बचाउने कुरा गरिस्
प्रभुलाई सच्चाउने कुरा गरिस्
त्यसैले त आज अल्पमतमा परिस्
तर म त भन्छु बद्री
तैँले जे गरिस् ठीक गरिस् ।
अरुले दक्षिणबाट तेल लाउने कुरा गरे
तैले उत्तरबाट रेल ल्याउने कुरा गरिस्
अरुले सुरुङ मार्ग अरुलाई दिने कुरा गरे
तैँले सुरुङ मार्ग आँफै लिने कुरा गरिस्
तैँले गरेको हरेक काम जनताले आहा गरे
तर विभिषणहरूले यो सब डाहा गरे
त्यसैले त अल्पमतमा परिस्
तर जनताको नजर बद्री
त नै एक नम्बरमा परिस् ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे