सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सत्ताधिकारी गुने !

Nepal Telecom ad

क्यै सम्भ्रान्त जमात इष्ट जन वा, केही पछौटे जन ।
होलान् हर्ष्विभोर, किन्तु जनता, दिक्दारमा छन् मन ।।
बेग्लै पात्र बनेर नायक यहाँ, आकाश खस्दैन रे ।
सामन्ती अभिजात्य व्रित्ति त यहाँ, मास्ने कुनै छैन रे ।।

काले आउछ लुट्छ अत्यधिक नै, गोरे त्यही गर्दछ ।
भाले बन्दछ खर्बका पति उही, ओठे बुटा भर्दछ ।।
पुत्ला हुन् पर—शक्तिका, श्रमिक हुन् ‘यस्म्यान’ हुन् खेतला ।
यै आरोप लगाउछन् कति यहाँ, भन्छन् सबैले ‘लता’ ।।

बन्डातन्त्र फुल्यो फल्यो मुलुकमा, छौ सर्बहारा सबै ।
चेपिन्छन् ‘विधिराज–कानुन’ भने, के राष्ट्र बन्ला अझै ?
सत्ताको चलखेल चल्दछ सधैं, कुर्ची पिपासा बढी ।
मात्रै ‘एलिट’ चम्किए मुलकमा, आएछ कालो कली ।।

हावादार सयौ तुनेर सपना, बोक्रे कुरा गर्दछन् ।
धेरै कोश लुटेर खर्बपति नै, गोजी कयौ भर्दछन् ।।
झन् झन् दीन र हीन छन् जनहरू, सम्पन्न मात्रै बने ।
यस्तो तन्त्र त मर्छ है जगतमा, सत्ताधिकारी ! गुने ।।

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’