सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘जलेको मन’ विमोचन

Nepal Telecom ad

काठमाडौँ । अमेरिकामा रहँदै आएका पत्रकार एवं कवि गुणराज लुइँटेलको कविता संग्रह ‘जलेको मन’ राजधानीमा विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली शाखाले आयोजना गरेर कवि लुइँटेलको कविता सङ्ग्रह ‘जलेको मन’ नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विमोचन गरेका थिए । कार्यक्रममा उनले साहित्य समाजलाई चिनाउने विषय भएकाले साहित्यको प्रवर्द्धन गर्न साहित्यकारले विशेष भूमिका खेल्नुपर्ने बताए । उनले नेपाली साहित्यलाई विदेशमा रहेर पनि माया गरेको खुसी लागेको बताए ।

कार्यक्रममा प्रा. डा.खगेन्दप्रसाद लुइँटेलले अमेरिकामा बसेर पनि नेपाली जनताको दुःख र वेदनालाई कविले कवितामा छर्लङगै उतारेको बताए । उनले कविता संग्रहमार्फत कवि लुइँलेटले नेपाली पीडालाई सार्थक रुपमा पस्कन सकेको बताए । यस्तै समाजका अध्यक्ष राधेश्याम लेकालीले नेपाली समाजमा रहेका विकृति र विसङ्गति अध्ययन र अध्यापनमा भएको प्रगतिमा निर्भर रहने बताए ।

कवि गुणराज लुइँटेलले आफूले अमेरिकामा बसेर पनि नेपाली जनताको दुःख र वेदनालाई केन्द्रविन्दु बनाई कविता लेखेको बताए । कार्यक्रममा साहित्यकार जय छाङ्छा र समाजका महासचिव सन्ध्या पहाडीलाई सम्मान गरिएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad