वर्तमानका साँढे
(गाईजात्रा– २०७३)
रमाए नेपाली फुल अबिर छर्के मन भरि
नयाँ राम्रा देखे सुखद सपना आँगन भरि
झपक्कै डालीमा फुल र फल हाँगा तल झुके
सुकेका खोल्सामा कलकल अनौठा भल फुटे ।
बिहानीको हावा सिरसिर अहा ! मन्द गतिमा
ननाचे नाचे झैँ किरण छरि नाच्यो अरुणिमा
नदिमा बग्दैछन् विगत दिनका फोहर ढल
धरा मेरी हाँसिन् खितखित रमाई पलपल ।
बग्यो मेरो रातो रगत धमनीबाट शिरमा
चले नाडी मेरा अवयव खुले झैँ शरीरमा
यता हेर्यो नाङ्गो बगर पनि देखेँ लहलह
उता हेर्यो बाङ्गगो बिकट पथ देखेँ सललल ।
बृथा भो जे देखेँ मधुर सपना कुण्ठित भयो
उज्यालोमा रम्ने रहर मनुको दण्डित भयो
गए केही साँढे अलि पर किनारातिर पसेँ
हजारौँका साँढे ढलमल डकार्दै वर बसे ।
गरी आलोपालाे ढिकुटी सब पोल्टाभरि लिन
लडे जस्तो गर्छन् सदनतिर चक्मा अझ दिन
उनैका गोटीभै बहस अब गर्ने दिन गए
शिरा खोजौँ नौलो प्रगतिपथ रोज्ने मन भए ।
चितवन