सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शुभेच्छु र नेपालीलाई मोती पुरस्कार

Nepal Telecom ad

काठमाडौं । ०७३ सालको युवा वर्ष मोती पुरस्कार पाँचथरका रमेश शुभेच्छु र जुम्लाका गोविन्द नेपाली सार्कीलाई संयुक्त रूपमा दिइने भएको छ ।

राष्ट्रिय युवा सेवा कोषले सो पुरस्कार ४० वर्षभन्दा ननाघेका युवा साहित्यकारलाई हरेक वर्ष दिँदै आएको छ ।

गत सोमबार पुरस्कार छनोट समितिका संयोजक एवं वरिष्ठ साहित्यकार चूडामणि बन्धुको संयोजकत्वमा बसेको बैठकले सो निर्णय गरेको हो । नेपाली भाषा(साहित्यको उत्थानमा प्रशंसनीय योगदान गरे वापत दुवैलाई पुरस्कृत गर्ने निर्णय गरिएको कोषले विज्ञप्तिमा जनाएको छ ।

पुरस्कारको राशि संयुक्त रुपमा ५० हजार नगद, स्वर्ण पदक र प्रमाणपत्र छ । राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको नाममा स्थापना गरिएको पुरस्कार भदौ १६ गते मोती जयन्तीको अवसरमा अर्पण गरिनेछ ।

विशेष गरेर छन्दमा कविता लेख्ने शुभेच्छुका आँसु नदेऊ मलाई (गजलसंग्रह), हजुरबा (शोककाव्य), आमाको माया (बालकाव्य), मेची पद्यमाला (२०५९), नेपाली गजलमा नारी हस्ताक्षर (२०६२) लगायत कृति प्रकाशित छन् ।

यस्तै, कथा र कविता लेखनमा सक्रिय नेपालीका फाटोकोट (नाटक) अञ्जान अप्सरालाई रविको पत्र (उपन्यास), कर्णाली दर्पण (कवितासंग्रह) लगायत कृति छापिएका छन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad