सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हामी भेडा

Nepal Telecom ad

हामी भेडा
सिङ नभएका भेडा
हिङ नभएका भेडा
हामी यति भेडा कि
स्यालले आश देखाए पनि भ्या गर्ने
ब्वाँसोले घाँस देखाए पनि म्या गर्ने
हामी त्यति भेडा कि
ब्वाँसोले घाट देखाए पनि पछि पछि लाग्ने
ब्वाँसोले फाँट देखाए पनि पछि पछि भाग्ने

सजिलै उसको पञ्जा पर्ने
फेरि उसैले
हामीमाथि नै रजाइँ गर्ने
हामी यति भेडा कि
स्यालले टाइचन धान देखायो कि दङ्ग पर्ने
स्यालले संविधान देखायो भने पनि दङ्ग पर्ने

फेरि यिनीहरूले नै हामी माथि कजाइ गर्ने ।

हामी यस्ता भेडा कि
हुँदै नहुने कहानीको कुरा गरे पनि ताली ठोक्ने
आउँदै नआउने
मेलम्चीको पानीको कुरा गरे पनि ताली ठोक्ने
हामी त्यस्ता भेडा कि
समुद्रै नभए पनि
पानी जहाज कुरा गर्दा पनि ताली ठोक्ने
दिनहुँ खस्ने
हवाइ जहाजका कुरा गर्दा पनि ताली ठोक्ने
हुँदा हुँदा यति भेडा कि
हामीलाई शहीद बनाई
हाम्रै मुल्य तोक्दा पनि रमाउन खोज्ने
हामीलाई घाइते बनाइ
घाइतेको मुल्य तोक्दा पनि कमाउन खोज्ने
हामी भेडालाई कहिले जुक्ति आउने ?
अरुबाट भन्दा
यी ब्वाँसा र स्यालबाट कसरी मुक्ति पाउने ?

दाङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे