सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चङ्गा बनाई मन !

Nepal Telecom ad

भाषाभित्र पसेर तान्डव झिकी, नाच्दैछ भस्मासुर ।
प्रज्ञाको पगरी गुतेर अहिले, हाँस्दैछ बक्कासुर ।।
फोरी वर्ण निमोठी अक्षर कयौ, काटेर खुट्टा अझ ।
दाह्रा सीङ भिरेर त्रासद छरी, आएछ ब्रित्रासुर ।।१।।

हन्डी घिच्न गई पराइ जनका, भाषा बिगार्ने जन ।
मास्दा सम्स्कृति— धर्म गौरव यहाँ, दुख्दैछ धेरै मन ।।
प्रज्ञाको पदले मदोत्मद बनी, कुर्लन्छ दुर्योधन ।
आओ अर्जुन हो ! लडौं सब मिली, बाँच्नेछ पुर्खा— धन ।।२।।

हाम्रा वैदिक सभ्यतासित यहाँ, ‘धावा’ नबोल्द्यौ अब ।
हाम्रा पाणिनि जैमिनी ऋृषि ढले, हुन्नन् कसैको जय ।।
छोटा प्राज्ञ घमण्ड छोड मनको, नाली नबन्द्यौ यहाँ ।
द्रष्टा ती ऋृषिका सुमार्ग हिँडिद्यौ, विज्ञान खुल्छन् जहाँ ।।३।।

भाषा गौरव राष्ट्रको र जनको, हो सभ्यता संस्कृति ।
अर्घेल्याइँ गरेर कम्मर कसे, हुन्छौ कडा विकृति ।।
बन्छौ कृष्ण कि कंस रोज अब ता, भाषा बिगार्ने जन ।
विद्या अल्प भयङ्करी बुझ तिमी, चङ्गा बनाई मन ।।४।।

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’