यो देशलाई
कतै देख्छु धर्ती छ पैरो झरे झैं
कतै देख्छु आस्था छ मुर्छा परे झैं
घुरेको कतै देख्छु मान्छे निदाई
जगाऊँ कसोरी म यो देशलाई ?
न चर्चा छ निर्माण या सिर्जनाको
छ चल्दो रजाईं अकर्मण्यताको
तमासे छ सर्कार मान्छे लडाई
मिलाऊँ कसोरी म यो देशलाई ?
नपाएर माली बगैचा छ खाली
उदासी त्यसैले छ त्यो पुष्पडाली
तुल्याएर आवाद त्यो बागलाई
सजाऊँ कसोरी म यो देशलाई ?
सबै खोज्दछन् भाग या अंश मात्रै
म