सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म जोइटिङ्ग्रे हुँ

Nepal Telecom ad

मैले एउटीलाई मन पराएँ
उनीसँग प्रेम गरेँ
र उनीसँगै विवाह गरेँ
अहिले यतिका वर्षसम्म पनि
म उनीसँगै बसेको छु
जीवनभरि बस्ने छु {{read_more}}
मैले अरूले जस्तो श्रीमतीलाई आफ्नो खुट्टा ढोगाउन सकिनँ
बाहिर अर्कै राखेर मुखले ठिक्क पार्न सकिनँ
सायद त्यसै भएर होला
तिमी मलाई जोइटिङ्ग्र्रे भन्छौ ।

उनको आँखामा आँसु आउँदा
मेरो आँखाबाट पनि आँसु खस्छ
उनलाई घाउ हुँदा
मलाई पनि दुख्छ
उनको प्रशन्नतामा म पनि प्रशन्न हुन्छु
उनको र मेरो थकाइ मार्ने मझेरी एउटै हो
निदाउने सिरानी एउटै हो
उनको र मेरो घाम एउटै हो
उनको र मेरो जून एउटै हो
ताराहरू पनि एउटै हुन्
नदीहरू पनि एउटै हुन्
हामीले पानी खाने कुवा पनि एउटै हो
हाम्रो गन्तव्य पनि एउटै हो
सायद त्यसै भएर होला
तिमी मलाई जोइटिङ्ग्र्रे भन्छौ ।

मैले खाना पकाउँदा
उनी भाँडा माझ्छिन्
उनले खाना पकाउँदा
म भाँडा माझ्छु
मैले घर सफा गर्दा
उनी लुगा धुन्छिन्
उनले घर सफा गर्दा
म लुगा धुन्छु
म घाइते हुँदा उनी मेरो औषधिपानी गर्छिन्
उनलाई ज्वरो आउँदा म उनको मलमपट्टी गर्छु
सायद त्यसै भएर होला
तिमी मलाई जोइटिङ्ग्रे भन्छौ ।

म अरूले जस्तो

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)