सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मुस्काउने र खितखिताउने अवसर :: व्यस्त जीवनको दैनिकी बीच एकैछिन भए पनि फित्कौलीले खितखित देअाेस् ।

Nepal Telecom ad

विगत चार वर्षदेखि तपाइँहरूले हेर्दै र पढ्दै आउनु भएको फित्कौली डटकम प्राविधिक समस्याका कारण केही समय स्थगन थियो । यसको स्थगन अवधिमा तपाइँहरूले देखाउनु भएको अपार माया र चासोले हामीलाई घचघच्याई रह्यो । यही छोटो अवधिमा पनि राष्ट्रको जीवनमा निकै ठूला फेरबदल भएका छन् । विसङ्गति र अनाचारका सिङ्गासिङ्गै पहाड खडा भएका छन् । तिनीहरूमाथि टुटिल्को उठ्ने गरी फित्कौलीले यथासमयमा मट्याङ्ग्रा हान्न चुक्यो होला, तर यो झुकेको भने छैन

यस साइटमा अहिलेसम्म हास्यव्यङ्ग्यसँग सम्बन्धित साढे ६ हजार सामग्री सङ्ग्रह गरिएको छ । प्रायः दिनहुँ अपडेट गर्ने प्रयत्न गरिएको यस साइटमा क्लिक गर्ने भिओर्सको सङ्ख्या प्रति महिना १ लाखसम्म पुगेको रेकर्ड छ । फित्कौली डट कमलाई नेपाली हास्यव्यङ्ग्यको आधिकारिक र प्रामाणिक अभिलेख सङ्ग्रहको रूपमा विकास गर्ने उत्कण्ठाबाट हामी अघि बढिरहेका छौँ । हास्यव्यङ्ग्य सामग्रीको रसास्वादन मात्रै होइन, यस साइटबाट नेपाली हास्यव्यङ्ग्य सम्बन्धी खोज, अनुसन्धान र विश्लेषण गर्न खोज्नेहरूका लागि यसबाट यथेस्ट सन्दर्भ सामग्री प्राप्त गर्रन सकून् ।   

ख्यातिप्राप्त नेपाली हास्यव्यङ्ग्य शिल्पीहरू र नवोदित स्रष्टाहरूका सिर्जनाका साथै विभिन्न कार्टुनिष्टहरूका समसामयिक कार्टुनहरू हेरेर आनन्दतिरेक हुनेहरूको सङ्ख्या बढिरहेको छ । तथापि झट्ट हेर्दा एउटा ठूलै समूह यसमा संलग्न भएको देखिए पनि फित्कौली डटकमको सम्पादन, व्यवस्थापन, दैनिक अपडेट र लगानीसमेत एकल प्रयत्नबाट भइरहेको हो भन्दा यहाँहरूलाई अपत्यारिलो लाग्न सक्छ । तर पनि अपत्यारिलो सत्य यही हो । 

सय एम्बी स्पेस लिएर आरम्भ गरेको यस साइटको स्पेस २ पटक थपेर एक हजार एम्बी पुर्याइएको थियो । त्यो पनि पर्याप्त नभएपछि हामीले हास्यव्यङ्ग्य पुस्तकहरू नमुनाका रूपमा मात्र अपलोड गर्न सकेका थियौँ । हामी यसलाई अझ व्यवस्थित र अझ उन्नत बनाउन लागिपर्यौँ । हास्यव्यङ्ग्य रचनाको भण्डारण क्षमता समेत बढाउनु आवश्यक थियो । अहिले हामीले अनलिमिटेड स्पेस प्राप्त गरेका छौँ । डेक्सटप कम्प्युटर र ल्याप्टपमा मात्र होइन अब एन्ड्रोइड मोबाइल र आइफोनमा समेत यसलाई लगअन गर्नसकिने गरी पुनर्संयोजन गरिएको छ ।

फित्कौली डटकमले अहिले नयाँ स्वरूप र अझ उन्नत प्रविधिलाई आत्मसात गरेकाले आर्थिक लगानी स्वतः बढेको छ । यसको खर्च व्यवस्थापनमा हरेक भिओर्सको सहभागिताको आवश्यकता हामीले महसुुस गरेका छौँ । अधिकतम् ककसले के के गर्नसक्नु हुन्छ यथासक्य सहयोगको हात बढाउन सबैसँग हार्दिक अनुरोध गर्नुलाई बेमनासिव नमानियोस् । यद्यपि हामी कसैलाई पनि कर गर्दैनौ तर धेरैले फित्कौली डटकमलाई बचाएर निरन्तरता दिन के कसरी सहयोग गर्न सकिन्छ भनेर जिज्ञासा व्यक्त गर्दै आउनु भएको थियो । त्यही जिज्ञासाको जवाफ खोज्दै हामीले साइटमा एउटा बाकस राखिदिएका छौँ । यस बाकसलाई फित्कौलीको खुत्रुके सम्झेर नेपाल बाहिरका फित्कौलीका खित्कौलीप्रेमीहरूले आनासुका खसाल्न सक्नुहुन्छ । तर पनि कृपया हामी कसैलाई कर गर्दैनौँ । बाँकी जो कसैले यसको फेसबुक पेजमा लाइक र शेयर मात्रै गरिदिनु भए पनि फित्कौली डटकमलाई ठूलो सहयोग पुग्ने छ र यो झन्झन् खितखिताउने छ ।

हामी चाहन्छौँ, व्यस्त जीवनको दैनिकीकै बीच पनि एकैछिनको फुर्सद लिएर सुस्ताउने क्रममा फित्कौली डटकमले मुस्काउने र खितखिताउने अवसर प्रदान गरोस् । व्याप्त विसङ्गतिको उच्छेद गरी सङ्गतिको आग्रह त हरेक हास्यव्यङ्ग्य सिर्जनाको मूल अभीष्ट नै हो ।

–नरनाथ लुइँटेल
सम्पादक

२०७४ कार्तिक २६/ 12 Novembar 2017 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad