माला टन्न भिरेर हिँड्दछ यहाँ, छन् आउरे– बाउरे  
बस्ती–बस्ती पुगेर गर्दछ कुरा, भन्छन् सबै लाहुरे । 
सत्ताको सपना बुनी घरघरै, डुल्दैछ रे छाउरे 
दाता रूष्ट भएर गर्जन गरे, के काम यो लाहुरे ? ।। १ ।।

पैला भोट लिएर मोज र मजा, आफैँ धनी भो यहाँ  
ठेक्का–शेयर जागिरे जति भए, नाता र गोता जहाँ । 
पार्याै मात्र भर्याङ आज सब छौँ, हा ? दाउरे चाउरे 
पच्दै लाज झुलुक्क झुल्कन गयौ, हे भ्रष्ट ए लाहुरे ।। २ ।।

शिक्षा–स्वास्थ्य र एन्जिओ–पति हुँदै, बन्दै गयौ माफिया  
तिम्रा भाषण मात्र शब्दहरूका, मात्रै बने काफिया ।
आयौ फेरि नवीन बन्न अगुवा, घन्काउँदै झ्याउरे । 
लज्जा–बोध हुँदैन ? कत्ति मनमा , बेकामका लाहुरे ? 

धादिङवेँसी