यहाँ अख्तियारको चिन्ता
यहाँ अख्तियारको चिन्ता तिमी पैसा पैसा भन्छ्यौ
साँच्चै नि मूर्ख हौ कि जानेर मूर्ख बन्छ्यौ ।{{read_more}}
तिम्रै लिपिस्टिक किन्न गाह्रो छ याँ मलाई
तिमी ठूलो महलकी रानी बनाऊ भन्छ्यौ
साँच्चै नबुझ्ने हौ कि बुझेर नै सताउँछ्यौ
यहाँ अख्तियारको चिन्ता……
भोलिका निम्ति एउटा जागीर् जोगाउँदै छु म
जागीर नै नरहे तिमी कहाँ रमाउँछ्यौ
साँच्चै नबुझ्ने हौ कि बुझेर बुझ पचाउँछ्यौ ।
यहाँ अख्तियारको चिन्ता….
काठमाडौं