सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौली रोक्न खानैपर्ने ५ खानेकुरा

Nepal Telecom ad

उमेर बढेसँगै बुढ्यौली लाग्नु स्वभाविक हो । तर शरीरमा आवश्यक पौष्टिक पदार्थको आपूर्ती{{read_more}} पर्याप्त नहुँदा तथा रोगव्याधी वा वंशाणुगत समेतका कारणले कतिपय मानिसमा सानो उमेरमैै अनुहारमा चाउरी पर्ने लगायतका बुढ्यौलीका लक्षण देखा पर्दछन् । यसरी असमयमै देखापर्ने बुढ्यौलीका लक्षण हटाउनका लागि खानैपर्ने केही सुपर फुड्स यी हुन्:

ओखर: ओखरमा ओमेगा थ्री फ्याट्टी एसिड पर्याप्त मात्रामा पाइन्छ । साथै यसमा कोलेस्ट्रोल घटाउने, पाचन क्रिया सन्तुलित पार्ने र रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक लवणहरु पनि प्रशस्तै हुन्छन् । त्यसैले ओखरको नियमित सेवनले बुढ्यौलीलाई पर सारिदिन्छ ।

सागपात:  हरियो सागपातमा क्याल्सियम तथा फोलेट लगायतका आवश्यक तत्वहरु पाइन्छन् । जसले हड्डी मजबुत बनाउन तथा उमेरसँगै आँखामा देखापर्ने कमजोरी हटाउन पनि सहयोग गर्दछ । बन्दा तथा काउलीको नियमित सेवनले क्यान्सर तथा स्मरण ह्रास जस्ता रोगबाट समेत बचाउन सहयोग गर्दछ ।

चकलेट:  डार्क चकलेट कोकोआ बिन्सबाट बनेको हुन्छ जसमा पर्याप्त एन्टीअक्सिडेन्ट तत्व पाइन्छ । यसले रक्तप्रवाहमा सुधार ल्याउने तथा छालालाई सुख्खा हुनबाट बचाउँदछ र चाउरी पर्न दिँदैन ।

सिमी:  लो फ्याट प्रोटिनको राम्रो श्रोतको रुपमा रहेको सिमीको सेवन मुटुका लागि निकै लाभदायी हुन्छ । सिमीमा पर्याप्त फाइबर पाइन्छ जसले कोलेस्ट्रोल घटाउन सहयोग गर्नुका साथै एन्टीअक्सिडेन्ट, पोटासियम, आइरन र भिटामिन बी र बायोटिनका कारण सिमीको सेवनले सरीरलाई स्वस्थ राख्न सहयोग गर्दछ ।

माछा:  स्वस्थ फ्याट्टी एसिडको सबैभन्दा भरपर्दो श्रोत हो माछा । माछामा पाइने ओमेगा थ्री फ्याट्टी एसिड लगायतका पौष्टिक तत्वले सरीरलाई स्वस्थ र जवान राख्न सहयोग गर्दछ । 

एजेन्सीको सहयोगमा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad