हिँडिएछन् कति बाटा जिन्दगी जिन्दगी मिली
खेलिएछन् कति फन्दा, बाली बत्ती झिलीमिली
उफ्रिएछन् भए जत्ति गौँडागल्फा सरासर
फुल्दो जवानी त्यो, ऐले फुल्यो भएर जर्जर ।

पुत्रपुत्री म देख्दैछु सँदैझँै गरी ठमठम
सामु सडक बाटामा हिँडी नाचेर छमछम 
हामी यी जेलका प्वालबाट हेछौँ उतातिर
तर ती बैँसका वाद कहाँ हेर्छन् यतातिर ??

व्रmुर के नियती ! तेरो छ भने देहमा दिल
खुल्दो जवानी दे लैजा फुल्दो यो देह थिल्थिल 
कि छल्का स्नेहको योटा सङ्लो पवित्र सागर
तरङ्गमा दुबै रूप घोली दे रङ्ग उर्वर ।

नफुली खुल्न दे मात्र जवानी जिन्दगीभरि
विशाल वृक्षका पात जस्तै स्नेह छरी छरी
एउटै रूप दे भिन्न पार्दछस् रूप यो किन
विभेदको छरी विष न तड्पा क्षणका क्षण ।

कि दे नियति ! जम्मैमा विवेक ज्वारको जग
फुलेको र जवानी यो एकदमै पारी जग्मग 
घरभित्रै दुबै खेलून, खाउन् वर्षाई झादर
जवानी भित्र होस् ज्ञान हुन् दुवै घरकै घर ।