सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सब खेल भयो

Nepal Telecom ad

नबुझी नबुझी सब खेल भयो 
जति खेल भयो उति झेल भयो {{read_more}} height=
सब स्याल मिले सब गिद्ध मिले 
न त बुद्ध मिले न त सिद्ध मिले

घर ताप छ रे पर ताप छ रे 
वन पाप छ रे मन पाप छ रे 
सब मानिसको तनमा मनमा 
खलकै बसमा मन गो धनमा

न त कृष्ण मिले न त राम मिले 
रमिता जगमा सब वाम मिले 
कति रोज यहाँ छलछाम हुने 
अति मोज यहाँ बदनाम हुने

कविको कविता सरिता सविता 
कवि लेख सबै रमिता भविता 
धन यो गिरिराज भयो जगमा 
मन अल्मलियो भवमा नभमा

छ चुनाव यहाँ छ अभाव यहाँ 
छ खराब यहाँ छ तनाव यहाँ 
बमको भरमा नव गर्जन भो 
सब गो सब गो अति भो सब गो

चितवन
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल