बल्खुतिरबाट हल्लनटट्टु एउटा बहर तनारिएर आउँदैथियो । कालीमाटी आइपुग्नै लाग्दा बीच सडकमा ढसमस्स बसेका दुईवटा थसुल्ला ज्यान भएका गाईहरूसित जम्काभेट भयो ।
 
“कता हिडेको हो बाबु !” एउटी गाईले थुतुनो जोड्दै सोधी ।

“खान नपाको चार दिन भो, कुइन लागेको तरकारी दिन्छन् कि भनेर आको अन्टी” बहरले बेलीविस्तार लायो ।

“दिन्छन् खुबै ! त्यो पनि ठुला भान्छाका लागि बेच्छन् । तेस्तो आश नगर केटा । दुई खुट्टेहरू उल्का लोभी पापी र पैसाको लागि नालीमा पनि मुख जोत्छन् अचेल । हाम्रो त वास्तै छैन । कामधेनु वंशमा जन्मेका गोवंशको उपेक्षा गरेको फल नराम्रो हुन्छ ।”

साग बोकेर कुनै सानो व्यापारी जाँदै थियो भोकले आतिएको बहरले मुख त्यसैमा डोब्यो । ठिक त्यसैबेला ट्रकको जत्रो पाङ्ग्रा भको मोटरसाइकल आएर बहरलाई भोकबाट सदाका लागी मुक्ति दियो ।

काठमाडौं