सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साँढे सम्झी डराउँछन् 

Nepal Telecom ad

कोही नेता आफै पाकेका height=
कोही जोतेको गोरु झै थाकेका
युवाहरू चाहिँ
कोही विदेश भागेका{{read_more}}
कोही राजनीतिबाट छेउ लागेका
तर देश चाँहि
यस्तै बुढा गोरुले पो हाँकेका । 

युवाहरू भन्छन 
साठी कटी सक्दा पनि बुढाहरू 
अझै युवा नेता बन्छन् 
हामीले बाटो बनाए पनि
हामीलाई छेक्न यिनैले खाल्टो खन्छन् 
सन्यासतिर लाग्ने बेलामा पनि
अझै सत्ताको भोका भकाछन् 
अङ्गहरूले कामगर्न छाडे पनि
अझै सक्छौ गर्न भन्दै आकाछन् 
देशलाई गाई बनाइ, बुढो गोरुले जस्तो 
सत्ता पार्टी कब्जा गर्याछन् 
बुद्दी विवेकको फ्युज उडी सक्यो 
तैपनि सक्छौं भन्ने भ्रममा पर्याछन् । 

यी बुढा गोरुले ओगडेसम्म यहाँ
गाई ब्याउने कुनै छाँट छैन 
तर गोरुलाई हुत्याउने पनि
कुनै नाटाको यहाँ आँट छैन
साच्चैको नाटो भएको भए यहाँ
त्यो बुढो गोरुलाई के बाँकी राक्थ्यो 
थारै गाई भएको भएपनिआजसम्म
त्यो बाली नाघेर ब्याइ सक्थ्यो 
यी बिचरा नाटाहरू त
गोरुलाई पनि
साँढे हो कि सम्झी सम्झी डराँउछन् 
बिरोध गर्दा पनि
गोरुले सुन्ला कि भनी सुस्तरी कराउँछन् । 

दाङ, हाल : काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
जुत्ता दिवस

जुत्ता दिवस

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे