सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठोक्तकका ६ सोइला

Nepal Telecom ad

१.नेपाली जनता र नेता
 
जति जोते पनि खान नमाग्ने 
जति दुखे पनि रुन नजान्ने
सपना बाँड्दा लगाएको टीको 
रिस उठे पनि धून नजान्ने {{read_more}}

२.नेता
सधैँभरि पराईकै आस गर्छंन् ।
घरि घरि उतैतिर बास गर्छंन् ।
मुलुकलाई बन्धक बनाएर 
हाम्रा नेता सत्ताको सास फेर्छन् ।

३.
नेताले सपनाको पेडा बनाउँछ 
सिधालाई बङ्ग्याएर टेढा बनाउँछ ।
संसारकै उत्कृष्ट प्रणाली हो लोकतन्त्र
जनताले आफैंलाई भेडा बनाउँछ ।।

४.
चुनाव अघि विकासको नारा खोक्नु छ
झण्डा समातेर हिडौं नारा घोक्नु छ 
टाउको बलियो बनाऊ है जनताहरू
चुनाव लगतै करको ठूलो भारी बोक्नु छ ।।

५.
सानाले गर्याठ बेस हुँदो रैन्छ ।
ठूलाले गर्याय केश हुँदो रैन्छ 
हेर्दैछु म लोकतन्त्रका झाँकीहरू
लोकतन्त्रमा प्यारो देश हुँदो रैन्छ ।।

६.
धर्तीले आकाशलाई विहे गरी ल्याएको छ 
रातसँग मध्यान्हले चुम्वन गर्न भ्याएको छ 
यहाँ हुने र नहुनेको सीमा खोज्न कठीन छ 
आउनुहोस् विगुती खाउँ यहाँ गोरु ब्याएको छ ।।

धादिङ, हाल : काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रमेश समर्थन
तीन ठोक्तक

तीन ठोक्तक

रामकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली -७४

बेलाको बोली -७४

डा. ऋषि बस्ताकाेटी
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति