सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टाइम पास

Nepal Telecom ad

कहिल्यै पनि फेल नहुने खेलको नाम हो, टाइम पास । तपाइँहरूले नडराइकन बताउनु भए हुन्छ, कहीँ कसैले कतैबाट उजुरबाजुर गरेर होइन {{read_more}} है भन्न आए भने पनि  height=पैसा नलिइकन मुद्दा फैसला गरिदिए हुन्छ, यो टाइम पास फेल नहुने खेल नै हो । केही नलुकाएर, धक फुकाएर कुरा गर्ने हो भने जीवन जिउनेक्रममा पास धेरै ठाउँमा, धेरै पटक गरियो । जताततै पासकै चमत्कार छरियो । सानो छँदा बाबुको खल्तीबाट पैसा चोरी खोपी खेल्न पास भएकै हो, पढाइमा पनि एक, दुई, तीन, चार … हुँदै पास भएकै हो, सडाइमा पनि सुर्ती, चुरोट, गाँजा, चरेशतिर पास भएकै हो, उमेर बढ्दै जाँदा जुँगा वा स्तन पलाउन थालेपछाडि लुकिछिपी सुकुमार र सुकुमारीहरू एक आपसमा जिस्कने र जिस्काउने काममा पनि पास भएकै हो । के मा भइएन र खै हामी पास, खाने कुरामा जुस, भुस र घुस सबै खाइयो, लाउने कुरामा टु पिस पेन्टी र ब्रा, थ्री पिस तरुनी, तास र नशा मात्र होइन ट्याक, ढ्याक, ब्याक, रोदी, दोहोरी र मोहनी त अनिवार्यमा नै परे अझ मौका मिल्दा र पाउँदा जुत्ताको माला र कालोमोसो पनि लाएकै हो, धाउने कुरामा पनि फेल त कहिल्यै भइएन, दोबाटो, रोदीघर, मामाघर, डिस्कोबार, कट्टी पसल, भट्टीपसल, तारे होटल, भाले होटल,अर्काको घरबार, सिंहदरवार,… सबै ठाउँमा धाइयो । जे–जे खोजेका थियाँै, त्यही–त्यही पाइयो, युवक–युवती, श्रीमान्–श्रीमती, प्रेमी–प्रेमिका, छोरा–छोरी, धन–सम्पत्ति, इज्जत, मान, प्रतिष्ठा, घृणा, बेइज्जत, सत्ता, शक्ति र सुन्दरी मात्र होइन बीउ बिनाको फल र मुहान बिनाको जल पनि पाइयो ।

जहिले, जताबाट, जसरी जहाँ खेलेपनि पास हुने खेलको नाम हो टाइम पास । खेल खेल्नलाई न त नियम छ, न त स्थान छ, न त खेलाडी सङ्ख्या किटान छ, न त ड्रेसको फिटान छ, तर पनि राम्रोसँग खेल्न सक्छौँ हामी टाइम पास । खेलहरूमै सर्वोत्कृट खेल घोषणा गरे हुन्छ, यस खेललाई । यस खेल खेल्नलाई सबैका आ–आफ्नै तरिकाहरू छन्, तरिकालाई मिठो बनाउने परिकारहरू छन् । आखिर जे–जस्तोसुकै गरे पनि गर्नलाई हो टाइम पास । किताव पढे पनि, जवानी पढे पनि, चोट लेखे पनि, खोट लेखे पनि, नोट पाए पनि भोट पाए पनि, कुरा काटे पनि, चुराकाटे पनि, चरेश खाए पनि, हरेस खाए पनि, खाटमा भए पनि, घाटमा भए पनि, पाले पनि–फाले पनि, माया गरे पनि–घृणा गरे पनि, मिले  पनि–छिने पनि… जे–जे सुकै गरे पनि हुन्छ है टाइम पास । जसले जस्तो ठाउँमा जस्तोसुकै प्रश्नहरू सोधे पनि  उत्तर दिन निकै सजिलो हुन्छ । भनिदिए मात्र पुग्छ – गरेको छु, टाइम पास ।

टाइम पास गर्न पल्केकाहरू हामी, टाइम पास गर्न लम्केकाहरू हामी, राम्रो काम किन गर्नु प¥यो,उन्नति–प्रगति किन गर्नुप¥यो? गरे हुन्छ केवल वाहियात काम कुराहरू र गरे हुन्छ मज्जाले टाइम पास । आफूलाई मन लागेको काम कुरामा गर्नुपर्छ टाइम पास, मार्ने गर्नुपर्छ अरुहरूले गरेका आश, दिनरातभर गराउनुपर्छ भट्टिको बास, खेल्नुपर्छ जुवा र तास, साँच्चै–साँच्चै बन्ने गर्नुपर्छ जिउँदो लाश । आजको आधुनिक जमानामा होड पनि त यसैमा चम्केको छ, भोट पनि त यसैमा लम्केको छ,जति जनाले जति वर्षको टाइम पास गरे पनि आखिर थारो बन्यो संविधान, संविधान मात्र होइन, अहिले त अझ देश नै धारो बनाउने काम कुरामा, देशलाई अस्तु लैजाने घारो बनाउने काम कुरामा टाइम पास गरिरहेका छन् । सक्ता, शक्ति र सुन्दरीमा नै लडिरहेका छन् । यसैका खातिर अगाडि बढिरहेका छन् ।

तपाइँ हामी पनि एउटै सन्तान, एउटै दरसन्तान, केही मानेमा पछि छैनौँ टाइम पास गर्ने सवालमा, सर्वनाश गर्ने सवालमा, आपूm भलो त जगत भलो होइन, आपूm फलो भए अरु सबै मरो भन्छाँै हामी, कति स्वार्थी छ जमाना, कति स्वार्थी छ मान्छे तर पनि भएकै छ टाइम पास । यस खेल खेल्नलाई कसैले सिकाउन नै परेन, कसैले अ¥हाउन नै परेन, जन्मसिद्ध नैसर्गिक रूपमा खेल्न पाइने खेल हो टाइम पास । यस खेल खेल्नलाई कोही पछि परेका छैनन्, कसैले पछि खेल्छु भनेर साँचेका पनि छैनन् । फन्केको फन्केइ छन्, दन्केको दन्केइ छन् । आखिर टाइम पास गर्नलाई नै त हो । एउटी श्रीमतीले काम चलाउनु पर्नेमा दुई चार ओटी भिरेका छन् । मन्दिरमा जाने उमेरमा पनि भट्िट र डान्सबारतिर छिरेका छन् । मुटुभरिको माया दिन्छु तिमीलाई भने पो हुन्थ्यो, आकाशको जुन दिन्छु तिमीलाई भनेका छन् । भेट्ने, छेक्ने साँध सिमानारातीमा त ठिक नै थियो, त्यसमा पनि गोधुलि र उषामा सारेका छन्, विकास गर्छु भन्ने कुरामा धक्कु लगाउन पर्दा बिना फलको बोटमा झटारो हानेका छन्, धरोधर्म के नै पो गरेका छैनन् र गर्नलाई टाइम पास ।

हुन त जसरी पनि  हुने रहेछ टाइम पास, भोकै बसे पनि, नाङ्गै बसेपनि, खरानी घसे पनि, एक–दुई–तीन नम्बरी जे जस्ता काम कुराहरू गरे पनि, रिस पिए पनि, विष पिए पनि, मान्छे भएर पशुको व्यवहार गरे पनि भएकै छ टाइम पास, गरेकै छन् टाइम पास । जन्मिएकै  हामी टाइम पास गर्नलाई हो, टाइम पास गरेर मर्नलाई हो । यो जमाना टाइम पासको हो । जे, जसरी, जहाँ, जहिले, जस्तो भए पनि मन लागेको कुरामा गर्नोस् ल टाइम पास, यसमा नै सबैको हित छ, यसमा नै सबैको जित छ । हाम्रा कुरा यहाँहरूलाई कस्तो लाग्यो कुन्नि ? खबर गर्न नबिर्सनुहोला ल ।

‘भरपाइ’ २०७४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
हामी सबै खाओवादी !

हामी सबै खाओवादी !

गायत्री परिरोशनी