सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अख्तियारमा जेठान हुनु..

Nepal Telecom ad

अख्तियारमा जेठान हुनु प्रहरीमा सालो  height=
अदालतमा भतिजो होस् कोट लाउने कालो

अनि मात्र राजनीति हुन्छ सफल–सार्थक 
भरिने छ भकारी र सबै डोको डालो{{read_more}}

केही मुन्द्रे जगल्टे हुन् सधैं अघिपछि 
आयो आयो हजुर अब आयो तिम्रो पालो

नैतिकता इमान जमान यी त भुत्ते सारा 
जति सक्दो ढाँट प्रभु पेटभरि “खालो”

भीडसित विवेक हुन्न विवेकसित भीड 
च्याते हुन्छ ज्ञान बुद्धि विवेकको टालो

जसले हान्यो उसले जान्यो यही दुनियाँ हो 
सकिंदैन च्यात्न हजुर माफियाको जालो

कोही यहाँ भस्मासुर कोही धुन्धुकारी 
घाइते छ देश मेरो घाउ सधैं आलो ।

चितवन
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस