सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नमस्कार एक : समस्या अनेक

Nepal Telecom ad

ढोग गर्ने नेपाली संस्कारलाई चाहे तपाईं सामन्ती संस्कार भन्नुहोस्, चाहे साना मान्छेले{{read_more}} ठूला मान्छेप्रति गरेको श्रद्धाभाव भन्नुहोस्, त्यो तपाईंको खुशीको कुरो हो, height= तपाईंकै मूल्याङ्कनको कुरो हो । नाम जेजेसुकै भए तापनि हाम्रो समाजमा भेटघाटपछिको पहिलो काम भने अभिवादन लिने र दिने हुन्छ, तर अभिवादनको प्रकार भने धेरै हुन्छन् । यो देशकाल सापेक्ष हुन्छ, जातधर्म सापेक्ष हुन्छ, समष्टिमा भन्दा यो चलनचल्ती जहाँसुकै नै देखिन्छ ।

केही धार्मिक अभिवादनहरू हुन्छन् । हिन्दू धर्मावलम्बीहरू मध्येका कृष्णमार्गीहरू परस्परमा ‘राधे राधे’ भनेर अभिवादनको साटासाट गर्छन् भने रामभक्तहरू रामनामी फेटा गुतेर ‘श्री राम’ वा ‘जय राम’ भनेर नमस्कारको काम गर्छन् । धार्मिक अभिवादन गर्ने यो चलनचल्ती हिन्दूइतर धर्मका जातिहरूमा पनि छ– उदाहरणका रूपमा भन्ने हो भने अल्लाहको नाम लिएर मुसलमानहरूले र येशु ख्रिस्टको नाममा शपथ खाने क्रिस्चियनहरूले पनि धार्मिक अभिवादन नै गर्छन् । ‘सबैभन्दा बलियो समय हो’ भन्ने बुझेका पश्चिमाहरूले ‘गुड मर्निङ’, ‘गुड डे’, ‘गुड इभिनिङ’ इत्यादि भनेर समयलाई बाँडेर समय र आफूलाई एकाकार बनाएका छन् । वास्तवमा समय चिन्ने भएकाले नै भौतिकवादी पश्चिमाहरू आध्यात्मवादी पूर्वीयभन्दा अगाडि बढेका पनि छन् । समयसूचक उक्त अभिवादनलाई यसै अर्थमा लिनुपर्छ । आ–आफ्नो चलनअनुसार अभिवादन धेरै प्रकारबाट गरिन्छ । 

यो अभिवादन परस्परमा अँगालो हालेर पनि गरिन्छ । परस्परमा गाला चाटाचाट गरेर, ओठ चुसेर पनि अभिवादन गर्ने काम गरिन्छ भने छातीमा छाती टाँसेर गरिने अभिवादनको त मूल्य अझै धेरै माथिल्लो मानिन्छ । नमस्कारको संसारको संसार ससाना  राजनीतिमा अझै व्यापक छ । नेपालको राजनीतिको सन्दर्भमा हेर्ने हो भने गोपालप्रसाद रिमालले साथीहरूसँग भेट हुँदा र छुट्टिँदा ‘जय नेपाल’ भनौँ भन्ने प्रस्ताव राखेछन् । उदारभावले देशको जय चाहने भएकाले यो राष्ट्रिय अभिवादन थियो, तर पछिपछि काङ्ग्रेसले, राजाले र प्रहरीले पनि यस शब्दावलीलाई आफ्नै पेवा बनाएर यस अभिवादनलाई सङ्कुचित बनाए । कम्युनिस्टहरूको लालसलामले पनि अभिवादनको नै काम गरेको छ ।
अभिवादनका सबै प्रकारहरू देखेपछि म आफूलाई भने पश्चिमी सभ्यता मन प¥यो, परस्परमा हात मिलाएर गरिने अभिवादन ।

यस अभिवादनमा निहुरिनु पनि नपर्ने अनि मुखामुख गर्दै हातैहातले नै अभिवादन गर्दा एकले अर्काको समान महत्व बुझेको पनि मानिने भएकाले मैले यस अभिवादनलाई बढी महत्व दिएको हुँ । हात मिलाएर गरिने यस अभिवादनलाई मैले साम्यवादी अभिवादन भन्ने गरेको छु । मैले हाते अभिवादनलाई जतिजति तीव्रता दिँदै गएँ उतिउति नै नयाँ–नयाँ अनुभूति पनि बटुल्दै गएँ । 

एक दिन म काठमाडौँको रत्नपार्कमा घुम्दै थिएँ, भोटाहिटीतिरबाट आएका एकजना मित्रसँग भेट भयो र हामी दुवैले हात मिसामिस ग¥यौँ र अभिवादनलाई साटासाट ग¥यौँ ।  परस्परमा कुराकानी गरेपछि उनी छुट्टिएर गए । त्यसपछि कसोकसो भएर मेरो हात मेरो मुखमा गएछ । मेरो जिब्राले अचम्मको स्वादको अनुभूति ग¥यो । अचानक मैले नखाएको र मलाई मन पनि नपर्ने कुन्नि कुनै एक खाद्यको स्वाद आयो । सो खाद्यपदार्थ भनेपछि मलाई किलकिल र दिगमिग दिगमिग लाग्ने गर्छ । अनि त मेरो पेट हुँडुल्न थाल्यो र मैले वाकवाक गर्नथालेँ । रत्नपार्कमा विश्राम गर्नआएका मानिसहरू मलाई सहानुभूति दिन आए, तर मैले उनीहरूलाई सो रोग लाग्नाको वास्तविक कारण भनिन र हाते अभिवादनको इज्जत जोगाएँ । अनि केही दिनसम्म यस रोगी अभिवादनलाई पनि स्थगित गरेको थिएँ । तर लागेको बानी कहाँ जान्थ्यो र एक दिन त म फेरि साथीसँग हात मिसामिस गर्न पुगेछु । साथी भर्खरै रेस्टुराँबाट हलुवास्वारीको आस्वादन गरेर आएका रहेछन् । काठमाडौँ पानीको अभाव भएको ठाउँ हो । उनले हात धुनै पाएका रहेनछन् । त्यसैले उनको हातको हलुवास्वारीको चिल्लो जति मेरो हातमा सरेछ । अचानक आफ्नो हात चिल्लो देखेपछि मैले ठानेँ, आज पनि मलाई हाते अभिवादनले धोका दियो । यति भनेर नजिकको वनस्पतिको पातले हात पुछ्नथालेँ । तर अफसोच ! सो वनस्पतिमा बिच्छीको सिल नै रहेछन् । बिच्छीको करामतले मेरो ऐया र आत्थुः सुरु भइहाल्यो, मैले घटनाका बारेमा सोध्नेहरूलाई बिच्छीले चिलेको कुरा त गरेँ तर आफ्नो हाते अभिवादनको इज्जतलाई भने जोगाइराखेँ ।

लत भन्ने कुरा राम्रो होइन । यो लत लागेपछि छुटाउन ज्यादै गाह्रो हुँदोरहेछ । साँच्चै नै मेरो हाते अभिवादनको लत यति धेरै अगाडि बढ्दै गयो कि मैले सबैलाई समान ठान्नथालेँ, तर त्यसको परिणाम भने प्रत्युत्पादक नै पाएँ । यस अभिवादनले म कहिले अनुशासनविहीन बन्नपुगेँ, कहिले म उत्ताउलामा गनिएँ, कसैले मलाई मातेको मान्छे पनि भने भने कतिले मलाई तिरस्कार नै गरे ।

यसपछि मलाई पश्चिमी अभिवादनलाई छोडेर पूर्वमा चलेको अभिवादनको परम्परातिर नै लाग्नुपर्छ कि झैँ लाग्यो । अनि म पूर्वीय अभिवादनतिर लागेँ । सो अभिवादनको सुरुवात मैले मेरै घरबाट थालेँ । मेरा बाआमाहरूको पेशा किसानी हो । उहाँहरूको काम पशुहरूको गोबर फाल्नु र उनीहरूलाई कुँडोपानी खुवाउनु हो । त्यतिबेला जुत्ताचप्पलको पनि पउल थिएन । हातगोडाको नङ काट्ने काम पनि हँसियाखुर्पाबाट नै गरिन्थ्यो । यस्तै परिवेशमा मैले मेरा बाआमालाई साष्टाङ्ग दण्डवत् गर्नुपथ्र्यो । एक दिन म मेरा बालाई दण्डवत् प्रणाम गर्दै थिएँ– उहाँको गोडामा लागेको गोबरको टीका मेरो निधारमा पनि लागेछ, मलाई यादै भएन । त्यस दिन म गतिला–गतिला मान्छेको जमघट भएको समारोहमा गएँ । मलाई देखेर त्यहाँका सबै मान्छेहरू निकै हँसमुख देखिए । अनि मेरा एकजना हितैषी मित्रले मलाई सुटुक्क बोलाएर भने– ‘तपाईंको मुखैभरि गोबरैगोबर छ ।’ त्यसपछि म लगत्तै खोलामा गएँ र मुख धोएँ । प्रत्येक शुभकार्यका लागि घरबाट बाहिर निस्कँदा आमालाई दण्डवत् प्रणाम गर्ने बानी पनि मैले बसालेँ । यसै क्रममा म एकदिन कुनै कामका लागि बाहिर जाँदै थिएँ, हतार– हतारमा आमालाई ढोग दिन खोज्दा आमाको बूढीऔँलाको नङले मेरो दाहिने आँखाको नानीलाई छोएछ । नङले बनाएको घाउ यति विषालु भइदियो कि आँखाको चिरफार नै गर्नुप¥यो । दिनक्रम यसरी नै बढ्दै थिए । एकदिन मेरा जेठान मेरा घरमा अचानक आइपुग्नुभयो, आँगनमा बसेर तमाखु ट्वारट्वार गरिरहेका मेरा बाका गोडाहरूमा ढोग्न भनी उहाँ निहुरिनुभयो । उहाँको प्यान्टको धागो मकाएको रहेछ । दण्डवत्का क्रममा उहाँको प्यान्ट सिलाइएको धागाले आफ्नो धर्म छोड्यो र ‘ध्यारारारा ध्यारारारा’ भएर पछाडिबाट अगाडिसम्मन् उहाँको प्यान्ट उध्रियो । जेठानजी लाजले रातो हुनुभयो । मेरो पनि उत्ताउलो बानी नगइसकेकाले होला खितितिती खितितिती गरेर खित्किन पो पुगेछु । मेरो खराब बानी देखेर जेठानकै अगाडि मलाई बाले नलीले सोँठ्याउनुभयो । अनि मैले ठानेँ साष्टाङ्ग दण्डवत् प्रणाम पनि अभिवादनको लागि राम्रो प्रकार होइन          रहेछ ।

अबचाहिँ सजिलो खालको अभिवादन नमस्ते वा नमस्कार भनेर अभिवादन गर्ने गर्छु भन्ने अठोट मैले गरेँ अनि सो कार्यको थालनी पनि घरैबाट गर्नथालेँ । ‘ए बा नमस्ते है !’ ‘ए आमा नमस्कार है ।’ भन्नथालेको त उहाँहरूलाई आफूहरू बढी नै अपमानित भएको अनुभूति भएछ । बाले त तत्कालै चाणक्यशैलीमा भन्नुभयो– ‘मानं हि महतां धनम्’ बुझिनस् कि ? अनि आमाले चाहिँ मायालु स्वरमा थप्नुभयो– ‘उत्ताउलो भइछस् नि बाबु ।’ हिजोआज भए उहाँले पनि गीतको भाषामा– ‘अपमान धेरै नगरेस् बाबु, अपमानको घाउ निको हुँदैन’ भन्नुहुन्थ्यो होला ।

मान्छेका लागि पहिलो पाठशाला घर नै हुन्छ । घरबाट सो शिक्षा लिएकाले नै होला समाजमा पनि मैले सतर्कतापूर्वक अभिवादन गर्नथालेँ । फक्रिन फक्रिन खोजेको कुड्मलजस्तो हात बनाएर मैले अभिवादनीय व्यक्तिहरूमा करकमल जोडेर नै अभिवादन गर्नथालेँ । अनिमात्र मैले उक्त शब्दहरूप्रति समाजको धारणा बुझ्ने मौका पाएँ । समान मूल्यका भए पनि मान्छेले अभिवादनसूचक नमस्कारलाई पहिलो दर्जामा राख्दारहेछन् भने सोही शब्दको पर्यायवाची रूप नमस्तेलाई भने दोस्रा दर्जामा । यस प्रसङ्गमा मैलेचाहिँ के भनेँ भने यी दुवै शब्दहरूको अर्थ एउटै हो । अन्तर त केवल वाच्यमा वा भनाइमा छ ।

नमस्ते वा नमस्कार लिङ्गनिरपेक्ष अभिवादन हो । त्यसैले भद्रपुरुषदेखि लिएर शिष्ट महिलाहरूले पनि हिजोआज यसै अभिवादनलाई अङ्गीकार गरेका छन् । अभिवादनको प्रयोग व्यक्तिसापेक्ष हुन्छ, पेशासापेक्ष हुन्छ र स्तरसापेक्ष हुन्छ । अभिवादन गर्ने व्यक्ति नेतामार्काको मान्छे छ भने उसले गिद्धले पखेँटा फिँजाएझैँ दुवै हात तन्काएर यता र उति मल्याक र मुलुक गर्दै अभिवादन गर्छ । अभिवादक टुप्पिएको मान्छे छ भने ऊ एक हातमात्र उठाएर चिच्याउँदै दाँत ङिच्याउँदै नमस्ते नमस्ते भन्ने गर्छ र आफ्नो आडम्बरी स्वभाव र उत्ताउलोपन देखाउँछ । यस्तो अवस्था देखेर वाक्क भएपछि कहिलेकाहीँ त मैले दिक्कका साथ भन्छु– “एक हस्तप्रणामेन रौरवम् नरकम् व्रजेत् ।” अनि आफू विनीत भएर निवेदन गर्छु– “हस्तयुगल जोडेर नमस्कार भनिदिँदा नमस्कार गर्ने व्यक्तिको मूल्य घट्छ र ?” अनि म भन्छु– “जो मुसुक्क हाँसेर थोरै शिर निहुराएर नमस्कार भन्छ, त्योचाहिँ अभिवादन शिष्ट अभिवादन हो, अभिवादक पनि शिष्ट व्यक्ति हो ।”

नमस्कारको यस क्रममा कति भद्र महिलाहरूबाट मैले पाएको केही अभिवादनको अर्थ भने मैले आजसम्म पनि बुझ्न सकेको छैन । केही शिष्ट महिलाहरूले आफ्नोे वक्षस्थलको ठिक्क बीचमा पर्ने गरी अवस्थाअनुसार दब्रे हात वा दाहिने हातमध्ये एउटा हात राखेर नमस्कार भन्ने गर्नुहुन्छ, तर मैलेचाहिँ उहाँहरूलाई हात जोडेर नै अभिवादन ग्रहण गर्छु वा नमस्कार फर्काउँछु । यतिवेला मलाई मूर्ख कालिदास र उनकी विदुषी पत्नीको प्रचलित किम्बदन्तीको याद आउँछ– एक र दुई भनेका कुनकुन विषयका प्रतीक हुन् । सबैको आत्मा एउटै हो, सृष्टि सञ्चालन गर्ने भनेको परमेश्वर पनि एउटै भएकाले एउटै हातले नमस्कार गर्नु नै श्रेयस्कर छ भन्ने अर्थ एक हातमात्र उठाएर नमस्कार गर्ने भद्र महिलाहरू वा शिष्ट पुरुषहरूको छ कि कसो हो कुन्नि, अथवा छातीमा हात राख्नुको अर्थ छातीभित्र ईश्वर रहन्छ भन्ने मान्यता पो छ कि ? मलाई यकिन थाहा छैन । यस एक हातको अभिवादनको ‘इदमित्थम्’ अर्थ नबुझ्दासम्म मैलेचाहिँ करयुगल जोडेर नै नमस्कार भन्ने गरेको छु । लौ त अहिले मेरो करजोरी गरिएको अभिवादनलाई स्वीकार गर्नुहोस् सबैलाई नमस्कार, सादर नमस्कार । सादर नमस्कार । 

पोखरा, कास्की
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad