१.
तिमी उता बसेकी छ्यौ मेरै बाटो हेरी
म त यता बसेको छु मेरै माटो हेरी
कसले देख्छ तिम्रो मेरो मुटुभित्र घाऊ ?
दुश्मनहरू बसेका छन् मेरै पाटो हेरी ।read_more}}

२.
हजारौं मान्छे मारे पनि माफी पाईन्छ यहाँ 
जहींतहीं अपराधीहरू काफी पाइन्छ यहाँ 
जनताको रगत र आँसुमा जसले पौडी खेल्यो 
हिजो आज उसैको ज्यादा रवाफी पाइन्छ यहाँ .

मङ्सिर १८, २०७४