जित्दा मातेर हिँड्ने, कतिपय बढुवा, क्षुद्र बानी सँमाल 
हार्दा रोएर लुक्ने, अतिसय घटिया, तुच्छता झट्ट फाल ।
सम्झीद्यौ खेल हो यो, जनमत बुझिद्यौ, चक्र जस्तै घुमेको 
सासूको याम कैले, अनि तनय–वधू, मुख्य हुन्छन् सबैको ।। १ ।।

छोड्द्यौ है दम्भ जो–जो, विजित–जनहरू, सम्झ यो भेल सम्झ 
दम्भै हो कंश–भस्मासुर गति नहुने, दानवी भाव सम्झ ।
हारेका खिन्न बन्दै, पर–पर नपुगे, धैर्यलाइ अँगाले 
पाण्डूका पुत्र–गाथा, पढ दिल–दिलले, धैर्यलाइ सँगाले ।। २ ।।

चुन्दा बुन्दा सबैले, नव–नव गतिका, वस्तु जन्माइदिन्छन् 
क्रोधी–रोधी–विमोही, नबन त जनले, फेरि अन्माइदिन्छन् ।
सग्ला–अग्ला–उपल्ला, भिजन र सपना, उच्च होस् कार्य–शैली 
भ्रष्टाचारी–मदारी, उदर अति ठुलो, धारणा हुन्छ गैली ।। ३ ।।

धादिङ बेँसी