सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भूगोलमै दुई महिना

Nepal Telecom ad

एउटा तोरीलाहुरेले २, ४ वर्ष विदेश भ्रमण गर्ने अवसर पाएछ । विदेश भ्रमण सकेर गाउँ फर्केको तोरीलाहुरेले एकदिन साथीलाई विदेश भ्रमणको फेहरिस्तसहित सम्पूर्ण बेलिविस्तार सुनाउँदै भनेछ– “हेर साथी मैले दुई, चार वर्षमा नघुमेको देश सायदै मात्र होला, जुनसुकै देशमा पनि म घटीमा एक महिनासम्म बसेर घुमेको छु । त्यहाँको सम्पूर्ण वस्तुस्थितिसँग म परिचित छु । अमेरिकामा म तीन महिना बसेँ । जापानमा छ महिना बसेँ । जर्मनी, रसिया, फ्रान्स चीन, अफ्रिका, स्पेन, आदि सबै ठाउँको भ्रमण गरेँ । यसले गर्दा मैले विश्वको बारेमा झन् बढी जान्ने मौका पाएँ  बुझ्यौ ?” 

“ओहो त्यसो भए त भूगोलका बारेमा तिमीलाई झन बढी ज्ञान होला  हैन ?” साथीले सोधेछ । 

उसले जबाफ दियो– “किन नहुनु  नि ! मैले त्यो भूगोलमा त झन् दुई महिना बिताएको छु बुझ्यौ ?”

कुप्रदा, सुरूङ्गा, झापा 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad