एउटा मान्छेले आफ्नो घरमा फोन गरेर सोध्छ– को बोल्नुभएको ?  
उताबाट– म यो घरको काम गर्ने मान्छे । 
त्यो मान्छे– ओइ, मेरो घरमा त कोही पनि काम गर्ने मान्छे थिएन ? 
उताबाट– म नयाँ काम गर्ने मान्छे हँु, आजै साहुनीले राखेको । 
त्यो मान्छे– त्यसो भए साहुनीलाइ दे । 
– तपाइँ को ? 
– म त्यो घरको मालिक ।
– साहुनी त बेडरूममा अर्कै केटासँग हुनुहुन्छ, मैले त उसैलाई पो यो घरको मालिक ठानेको ।
– के रे ? 
– हो साब ।
– त्यसको यत्रो हिम्मत, जा त्यसो भए तिनीहरूलाई दराजमा राखेको मेरो पेस्तोल झिकेर मारिदे ।
– कहाँको दराज ?
– बैठक कोठाको । 
– नाइँ, मलाई पुलिसले समातेर लाँदैन कि क्या हो ? 
– म तँलाइँ पैसा दिन्छु नि ! 
– कति दिनुहुन्छ र ?
– म तलाइँ एक लाख दिन्छु ।
– नाइँ पाँच लाख दिने भएमात्र गर्छु ।
– ल, म तँलाइँ  पाँच लाख नै दिने भएँ । जा गएर मारिदे ।
एकछिन फोन होल्ड हुन्छ । त्यो मान्छे माथि चढेको आवाज आउँछ । दुईचोटी गोली चलेको आवाज आउँछ । मान्छे तल झरेको आवाज आउँछ ।
– हेलो साब, लासलाई कहाँ ठेगान लगाउने ? 
– पछाडिपट्टि बगैँचामा बोराले छोपेर राख्, अहिले म आएर ठेगान लगाउँछु । 
– साब यो घरमा त बगैँचा नै छैन नि ।
– के रे ! लौ जा ! धत्तेरीका रङ नम्बर पो परेछ । सरी है ।      

– नवराज कँडेल, काभ्रे