१. 
अवसर आउँदा भान्जा–भान्जी, सालोसाली चाहिन्छ,
“लोकतन्त्र” मा मतपत्र जोगाउन तारजाली चाहिन्छ,
कहीं नभएको जात्रा हाम्रै गाउँमा भन्दै कति बस्ने अझै–
यो विकृतिलाई च्यात्न हिम्मतिला नेपाली चाहिन्छ ।

२. 
भेट हुँदा नेताजी सँगसँगै बसेर सेल्फी पनि हानिएन,
फोटोसप गरीवरी जित्नेको तस्वीर टाँस्न पनि जानिएन,
राम्रो काम गर्नुस्, सबैको बन्नुस्, शुभकामना छ हाम्रो–
‘घनिष्ठ’ सम्बन्ध हो भनी भित्तामै पोत्न जरूरी पनि ठानिएन ।