सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दृढ छु म साथी ! 

निरर्थक दिन वित्छन् कहाँ त्यसै  साथी !  सुते पनि  उठे पछि चेत वाँड्छु  साथी !

Nepal Telecom ad


निरर्थक दिन वित्छन् कहाँ त्यसै  साथी !  height=
सुते पनि  उठे पछि चेत वाँड्छु  साथी !


कुधुरी नै कुधेका यी गोडा कुध्नै खोज्छन्
वुढ्यौलीले वसे पनि मन उड्छ साथी !


समयले कक्र्याउँछ खुम्चिनु नै पर्यो !
नङ्ग्रा दाँत खिएको म वाघ हुन्न साथी !


वालक झैं गतिविधि रमाइलो मान्छु चुप्प !
तर रमाउँछु कुँजिए नि साथी !


बिसाउन वस्नु पर्दा कुँजिए यी गोडा
कल्पनामा दौडिया’छु अचेल म साथी !


पढ्ने वानी  ! लेख्ने नसा ! लुरे भए पनि
दत्तात्रेय भएको छु खोज्ने ज्ञान साथी !


उल्टो पनि वाङ्गो पनि कैयौं वुढा हिंड्ने !
जिउँदै  नै किन मर्छु ? साथी !


राम्रा राम्रा कुरा हाम्रा नछोड्ने छ वाचा
प्राण जाओस् ! नर्क जान्नँ दृढ छु म साथी !

२०६९/७/२०
झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी