सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हल्लिँदै छ 

Nepal Telecom ad

हेर त पागल हो कि त्यो चोकमा को हल्लिँदै छ ? height=
एक राष्ट्रप्रेमी राष्ट्रको शोकमा पो हल्लिँदै छ ।{{read_more}}

धेरै दिन भएजस्तो छ त्यसले खानै नपाएको
गएर सोध त त्यसलाई, भोकमा जो हल्लिँदै छ ।

मेरो फाइल घरी यता हुत्तिन्छ घरी उता
देखेनौ हाकिमसाहेबको तोकमा त्यो हल्लिँदै छ ?

परदेशबाट बाकसमा सुतेर छोरो आयो
तर भन्सारमा परेर रोकमा यो हल्लिँदै छ ।

पत्नी निट भोडका पिएर नि शान्त, पति भने
थोरै वाइन मिसाएको कोकमा जो हल्लिँदै छ ।

धेरै हँसाएर कति त्यसको हुर्मत लिनु र
मैले सुनाएको एउटै जोकमा भो, हल्लिँदै छ ।

तिमी आफै पिपलपाते भइदिँदा नै आज
मेरो समर्थन पनि त्यै झोकमा हो, हल्लिँदै छ ।

बुटवल
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस