सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुनको अण्डा

Nepal Telecom ad

अंग्रेजी आलेख : गोल्डेन बल्स

कुनै एक समय एउटा गाउँमा एउटा ज्यादै गरिब किसान बस्थ्यो । उसलाई जति काम गरे पनि कहिल्यै खान पुग्दैनथ्यो । {{read_more}} उसले एक दिन एउटा जमिन्दारकोमा गएर दिनभर काम ग¥यो । जमिन्दारले उसको कामको ज्याला दुई माना चामल दिएर पठायो । त्यो गरिब किसान चामलको पोको बोकेर घरतिर लाग्यो ।

उसको घर निकै टाढा थियो । घर जाँदाजाँदै बाटामा साँझ पर्न लागेको थियो । उसले गरेको दुःख आकाशबाट महादेव र पार्वतीले देखिरहेका थिए । उसलाई यस्तो दुःखी देख्दा पार्वतीलाई दया जाग्यो । पार्वतीले महादेवसँग त्यस किसानलाई दुःखबाट मुक्ति दिलाइदिन बिन्ती गरिन् । महादेवले पनि “लौ न त” भन्दै एउटा किसानको रूप धारण गरेर काखीमा एउटा कुखुराको पोथी च्यापेर किसानको छेउमा गए र चामल र कुखुरो साट्ने प्रस्ताव गरे । किसानले पहिले त बेलुका पकाएर खाने चामलै नभएकाले साट्न आनाकानी ग¥यो तर महादेवले कुखुराले बिहान बिहान सधैं सुनको अण्डा पार्छ भन्ने जनाएपछि भने ऊ चामल महादेवलाई दिएर कुखुरो च्यापी घरतिर लाग्यो ।

किसान घरमा त पुग्यो । उता उसकी श्रीमती र केटाकेटी भने चामल ल्याउला र बेलुकाको भोक टारुँला भन्ने आसमा उसलाई कुरिरहेका थिए । किसानले चामलको सट्टा कुखुराको पोथी च्यापेर आएको देख्दा उनीहरू पनि निराश भए । किसानले उनीहरूलाई सम्झाउँदै भन्यो “हेर, एक रातको कुरा हो । यो कुखुराले बिहानै बिहानै सधैं सुनको अण्डा पार्छ । अहिलेलाई यसो कतै बाँकी रहेको पिठोसिठोको खोले बनाओ । त्यसैले छाक टारौं । बिहान भएपछि त सुनको अण्डा पाइहालिन्छ !”

घरमा दुईचार मुठी चामल मात्र थियो । त्यसैको खोले बनाएर बाँडेर खाएर उनीहरूले त्यस दिनको छाक टारे । नभन्दै बिहान उठेर हेर्दा कुखुराले सुनको अण्डा पारिराखेको रहेछ । सबै खुसी हुँदै त्यसलाई बजार लगेर बेचे अनि आवश्यक चिजबिज र खानेकुरा किनेर ल्याए । यसरी नै दैनिक रूपमा उनीहरूले आफ्नो गुजारा चलाउँदै लगे ।

कुखुराले दिनैपिच्छे एकएकवटा सुनको अण्डा दिइरह्यो । सुनका अन्डा बेच्दाबेच्दै किसानको घर आवश्यक अन्नपात, धनधान्य तथा किमती वस्तुले सजिसजाउ भयो । यसरी त्यो दुःखी किसान पार्वती र महादेवको कृपाले सम्पन्न मान्छे बन्यो । उसले अर्को एउटा भव्य नयाँ घर पनि बनायो । आफूलाई आवश्यक पर्ने खेतबारी पनि जोड्यो । घरमा घोडा, गाई, भैंसी, बाख्रा चाहेजति भए ।

दिनैपिच्छे एउटा एउटा गरेर सुनको अण्डा बजार लगेर बेच्दाबेच्दा अब किसानलाई दिक्क लाग्न थाल्यो । उसले सोच्यो “यो लोभी कुखुराले त्यत्रा औधी सुनका अण्डा पेटभित्र राखेर दिनको एउटा मात्र दिन्छ । एकै पटक सबै दिए त हुन्थ्यो नि !” उसले यो कुरा उसकी श्रीमतीलाई पनि सुनायो । स्वास्नीचाहिँले भनी “तर त्यस कुखुराको पेटभित्रका सबै अण्डा चाहिँ कसरी निकाल्ने त ?”

“अँ, एउटा उपाय छ । हामी गाउँको मुखियाकोमा जाऔं । हुन सक्छ उसले हामीलाई ती सबै सुनका अण्डा निकाल्ने उपाय बताउला !” त्यस लोभी किसानले श्रीमतीसँग भन्यो ।

त्यसपछि दुवै दम्पती त्यस गाउँबुढाकोमा आवश्यक परामर्श लिनका लागि गए । गाउँबुढाले भन्यो “भन्नुहोस्, कति कामले आउनुभयो ? म तपाईंहरूलाई के सहयोग गर्न सक्छु ?” उनीहरूले त्यस गाउँबुढालाई आफ्नो सबै कुरा भने र कुखुरीको पेटबाट एकै पटकमा सबै सुनका अण्डा निकाल्ने उपाय बताइदिन आग्रह गरे । गाउँबुढाले उनीहरूको मूर्खता देखेर रिसाउँदै भन्यो “हैट् ! तपाईंहरू त कस्तो मूर्ख मान्छे ? त्यस्तो कुरा पनि कहीँ सम्भव हुन्छ ? एकै पटकमा कुखुराका पेटबाट सबै अण्डा निकाल्न सम्भवै हुँदैन । म तपाईंहरूलाई यस कुरामा सहयोग गर्न सक्दिनँ । तपाईंहरू जानुहोस् । यो त मूर्ख विचार मात्र हो ।”

किसान दम्पती निराश हुँदै घर फर्के । तर, उनीहरू त्यसै भने बसेनन् । उनीहरूले अब आफ्नै बुद्धिले भए पनि केही नगरी नछोड्ने निधोमा पुगे । बुढीचाहिँले भनी “अब के गर्ने त बुढा ? कसरी सबै अण्डा बाहिर निकाल्ने त ?” बुढोचाहिँले केही बेर गम्यो र गम्भीर हुँदै भन्यो “अँ एउटा सजिलो उपाय छ, अब कुखुराको पेट काटेर सबै अण्डा बाहिर निकाल्ने ।” “हो बुढा, ठिक भन्यौ ! त्यसै गर्दा ठिक हुन्छ ।” बुढीचाहिँले बुढाको कुरामा सही थापी ।

दुवै भएर कुखुराको भुँडी काटे । कुखुरो म¥यो तर त्यसको भुँडीमा एउटै पनि सुनको अण्डा थिएन । यसरी ती दुवैको दुर्बुद्धिले गर्दा प्रतिदिन प्राप्त हुने सुनको अण्डा सधैंका लागि गुम्यो । धेरै लोभ ग¥यो भने पनि नोक्सान हुन्छ । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेको यही हो ।

अनुवाद : गंगाप्रसाद अधिकारी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हास्य र व्यङ्ग्यबीच पारस्परिक निर्भरता र अन्तर्सम्बन्ध

हास्य र व्यङ्ग्यबीच पारस्परिक...

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
मेरो यात्रा : धुलाबारीदेखि मुलाबारीसम्म

मेरो यात्रा : धुलाबारीदेखि...

डा. गंगाप्रसाद अधिकारी
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

डा. गंगाप्रसाद अधिकारी
पुराण लगाऊ ओ सरकार !

पुराण लगाऊ ओ सरकार...

डा. गंगाप्रसाद अधिकारी