देश बनाउँछु भनेर आफ्नो घर बनायो
नारी उत्थान भनेर आफ्नो अधर बनायो

जागिरमा कोटा, राहत अनि कुर्सीमा कोटा
त्यही कोटा पाउनलाई उसले थर बनायो

बनाउँछु भन्थ्यो उसले भन लौ के बनाएन
यति सुन्दर देशलाई आज खण्डहर बनायो

झण्डा पक्रने आफ्नो भोट दिएमा आफ्नो
जो झण्डा पक्रन्न उसलाई पर पर बनायो

गरेको त केही होइन खाली त्यो लुछाचुँडी
इतिहासमा नाम आफै आज अमर बनायो ।

काठमाडौं