स्वप्नाहरूले अति दिक्क पारे
रोजै सताए तर ठिक्क पारे

व्यर्थै रमाएँ परिकल्पनामा 
कस्दै दह्रो बन्धन किक्क पारे

आनन्दको ढाडस रैछ झूटो 
सर्वत्र टोकेर चिरिक्क पारे

कैले बनाए घनिभूत कालो 
कैले सबै ठाउँ टिलिक्क पारे

कैले दली भस्म भए बिरूप 
कैले सिककगारेर चिटिक्क पारे

गर्दै तिरष्कार बढे अगाडि 
होच्याउँदै ओठ खिसिक्क पारे

गाह्रो भयो बुझ्न नया इशारा 
आँखा घुमाएर झिमिक्क पारे

चन्द्रागिरी– १३, पुरानो नैकाप, काठमाडौँ