कुसुण्डा–गुण्डा वा, विकृति–कृतिका, ‘वेन’ तँ न आ 
लफुङ्गा–बुङ्गाका, विथिति–डनका–राज्य तँ न आ ।{{rread_more}}
उनै झल्ला–खल्ला, गलत–लतका ‘चाणुर’ न आ 
चमेरा– छेपारा, अधम–वृक–भस्मासुर न आ ।

न हौ राहू–केतू–, शनि अशुभ–उल्का ग्रह अब 
न हौ ढाडी–जुम्रा, उडुस उपियाँका सहचर ।
न हौ लामा–खुट्टे, वृक–उदर–बक्कासुर अब 
अघोरी–मैमत्ता, गज–वृषभका, वृत्ति नगर ।।

लुट्यौ पैला– पैला, परिजन मिली, देश–ढुकुटी 
फुट्यौ गाग्राजस्तै, मुलुक त भयो हाय ? सुकुटी ।
नयाँ हैनौ बानी–अधम त थियौ, भन्छ जनता 
सुधारी नाराझैँ, हिँड अघि बढी, देश–जनता ।

धादिङबेँसी