भो–भो ब्याज उठ्यो महाजनहरू, सावाँ भए पुग्दछ 
धेरै लोभ र लालचा नगर है, स्वर्गै अहो चुक्दछ ।
हात्तीछाप थियौ भयौ सहरका, प्रासादका मालिक 
खोल्यौ बैँक र नर्सिङै–घर कयौँ, ऐले भयौ सालिक ।

छोरा ज्वाइँ पुगे युरोप नगरी, घर्बार जोडे मजा 
साली भाइ र सम्धिनी सब गए, नाता गए देशका ।
मन्त्री–साम्सद बन्न पाइन भनी, रून्चे नबन्द्यौ तिमी 
गाउँ बेचिसक्यौ यिनै पनि बिके, बेचेर जाउ तिमी ।

हार्याै क्रन्दन छोड लुट्नु लुटियो, जित्नेहरू नै लुटून् 
नारा टन्न छँदैछ देश–जनता, सम्वृद्धिमा चैँ छुटून् ।
मुद्दा जेल र नेल हत्कडी सबै, लाग्ला मिलाउ भिसा 
जित्वा वा हरूवा दुबै नयनले, हेर्द्यौन हाँस्यो चिता । 

धादिङबेँसी