एकजोडी पतिपत्नी आफ्नो घरमा बसिरहेका छन् । उनीहरूका बीच निकै गहिरो प्रेम रहेको देखिन्छ । उनीहरू आपसमा कुराकानी गर्दैछन् ।

पत्नीः म मरेँ भने के तपाइँ अर्को विवाह गर्नुहुन्छ ?
पतिः अहँ, गर्दिनँ । 
पत्नीः किन नगर्ने नि ? 
पतिः म तिमीलाई धेरै माया गर्छु, त्यसैले क्या । 
पत्नीः अँ होला, साँच्चै भन्नुस् न क्या (झकझक्याउँदै)
पतिः त्यसो भए म अर्को विवाह गर्छु ल ?
पत्नीः (अलि दुःखी हुँदै) अनि तपाइँ त्योसँग यही घरमा बस्नुहुन्छ ?
पति ः यति राम्रो घर छोडेर कहाँ बस्न जाऊँ त प्रिय ? 
पत्नीः अनि तपाइँ त्योसँग हामी सुत्ने पलङमै सुत्नुहुन्छ ?
पतिः यस्तो आनन्ददायी पलङ छोडेर कहाँ सुत्न जाने त !
पत्नीः अनि मेरा यी सबै गहना पनि उसैलाई दिनुहुन्छ ?
पतिः ऊसँग आफ्नै गहना भैहाल्छ नि !
पत्नीः अनि उसलाई मेरो स्कुटर पनि दिनुहुन्छ ?
पतिः अँ, यति राम्रो स्कुटर कहाँ फाल्ने त ! 
पत्नीः त्यसो भए उसलाई मेरा सबै कुर्तासुरूवालहरू पनि दिनुहुन्छ होला नि हगि ?
पतिः तिम्रा कुर्ता सुरूवाल उसले के लगाउँथी र ! ऊ तिमीभन्दा धेरै पातली छे, उसलाई तिम्रो लुगा ठीक भए पो !  
पत्नीः के रे के रे, पातली छे रे ?
पतिः धत्तेरिका ! अ.. अ.. । 

– नवराज कँडेल