सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अविरलमा ज्योति जङ्गलका कविता

Nepal Telecom ad

काठमाडौं, पुस १४, ०७४ । विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४२ औँ शृङ्खला  height=सम्पन्न भयो ।{{read_more}} यस शृङ्खलामा सशक्त कवि ज्योति जङ्गलका एक दर्जन प्रतिनिधि कविता वाचन गरिए । समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो ।  

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य खगेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा कवि ज्योति जङ्गलले जनसाहित्यिक मञ्च, नेपालले विगत साढे तीन वर्षदेखि थालनी गरेको यो अभियानमा सामेल हुनपाएर आफ्ना कविता सुनाउने अवसर मिलाइदिएकोमा गौरवबोध भएको बताउनु भयो । उहाँले ‘घर’, ‘पहाडतिर’, ‘युगको खबर’, ‘प्रेम’, ‘काठमाडौँ’, ‘यो सहर’ ‘नसम्झेको कहाँ छ र ?’, ‘ईश्वरहीन’, ‘एउटा योद्धा युद्धपछि सपनामा’, ‘निर्बन्ध’ र ‘बादशाहको चुम्बन’ शीर्षकका विभिन्न कालखण्डमा रचना गरिएका विम्बात्मक, व्यङ्ग्यात्मक र आक्रोशात्मक अत्यन्त शालीन एवम् शक्तिशाली कविता वाचन गर्नुभयो । वाचनसहयोगी कवि लक्ष्मी रुम्बाले ‘घाँस काटिरहेकी ऊ’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । 

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्दै समालोचक डा.हरिप्रसाद सिलवालले ज्योतीका कवितामा ग्रामीण नारी जीवन र उनीहरूले भोगेका पीडालाई अत्यन्त सरल तर मार्मिकढङ्गले अभिव्यक्त गरिएको बताउनु भयो । ‘चेतनाले युगलाई सम्पादन गर्ने सूक्तिमयता कवितामा अभिव्यक्त भएको छ, उत्पीडनमा बाँचेका श्रमजीवी नारीका पक्षमा; शालीन, सुन्दर र अमर प्रेमका पक्षमा दर्शनिक वकालत गरिएको छ र सहरको विदीर्णता÷विद्रूपताका प्रति मार्मिक अभिव्यक्ति पाइन्छ, मन्दिरमा कैद कथित ईश्वर मानवमनमा आउन नसक्नुको ढोँग र पाखण्डकाप्रति शालीन आक्रोश अभिव्यक्त गरिएको छ ।’ सिलवालले भन्नु भयो । 

प्रमुख अतिथि खगेन्द्र राईले महासङ्घको व्यवस्थापनमा बारओटा शृङ्खला सम्पन्न गरी जनसाहित्यिक मञ्चलाई नै सञ्चालन गर्ने जिम्मा दिइएको यो विशिष्ट समारोहको आजको बयालिसौँ शृङ्खला सम्पन्न भइरहँदा आपूmलाई खुसी लागेको बताउनु भयो । 

धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष रमेश पोखरेलले मूलतः नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा समर्पित भएर लागिरहनुभएकी शालीन व्यक्तित्व, सशक्त सम्प्रेषणीय क्षमताकी धनी कवि ज्योति जङ्गल अविरलमा सामेल गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउनु भयो ।

अर्काे शृङ्खलामा माघ महिनाको दोस्रो शुक्रवार वरिष्ठ आख्यानकार एवम् कवि प्रदीप नेपालज्यूलाई प्रस्तुत गरिने समारोहको समापन गरिएको थियो । 

–रमेश पोखरेल
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad