भोटाहिटीतिर जाँदैथेँ 
रत्नपर्कको चक्कर खाँदैथेँ 
बाटो यसो गम्दैथेँ
कविताको कल्पनामा रम्दैथेँ 
एउटी तरुनी स्कुटीमा  आई
मतिर फर्कदै भनी हाइ 
म अलमल परेको देखपछि भनी 
ए दाइ जाने हो 
जाने भए यै स्कुटीमा लाने हो 
यो बिजिनेसमा भर्खर भर्खर लाग्याछु 
त्यसैले मार्केटमा सस्तो रेट राख्याछु 
किन हिच्किचाउनु हुन्छ 
घरको खाना कति खाने हो 
ए दाइ जाने हो ?
जाने भए आफ्नै फ्ल्याटमा लाने हो ।  

कति खेसरी दिनहुँ खाने हो 
कहिलेकाहीँ दाल फेरीफेरी खानु पर्छ 
घरको शिकार कति गर्ने 
यसो बाहिर पनि शिकार गर्न जानु पर्छ 
ए दाइ जाने हो 
कति लजाको केटी जस्तो 
जाने भए आफ्नै घरमा लाने हो ।  

जाने भए ढुक्क हुनुस् 
सुरक्षित आफ्नै ठाउँ छ 
चौकिदारी गर्ने हाम्रै साउ छ
बाहिरबाट भर्खर राजधानी सर्या हो 
नयाँ मार्केट भएर मात्र विज्ञापन गर्या हो 
तपाईं त केटी जस्तो शर्माउनु भो 
नछुँदा पनि हिटर जस्तो गर्माउनु भो 
ए दाइ जाने हो ?
जाने भए आफ्नै गाडीमा लाने हो । 

बियर पनि तानौला 
रोस्ट पनि हानौला 
एक रात भए पनि हजुरलाई 
आफ्नै महादेव मानौला 
एक पटक नियालेर हेर्नुस् त कस्ती छु 
फिल्ममा खेल्ने हिरोइन जस्ती छु 
बढ्याछु पढ्याछु 
मस्त खाएर कति दिन बाटोमा लड्या छु 
कहिले राती कहिले दिनमा पनि व्यस्त छु 
डराउनु पर्दैन म पुरा पुरा स्वस्थ छु 
ए दाइ जाने हो ?
जाने भए आफ्नै स्कुटीमा लाने हो । 

यत्रो लामो बसाइमा यहाँ 
गजबको नयाँ कुरा भोगेँ 
कविता कता हरायो हरायो 
त्यै हिरोइन बारे यो कविता ठोकेँ । 

दाङ, हाल  : काठमाडौं