गरौं गोष्ठी गरौं, सेमिनार गरौं
काईते अक्षरले कागज भरौं
आफूलाई जसरी फाईदा हुन्छ त्यसै गरौं

बनौं, प्रमुख अतिथि बनौं, अतिथि बनौं
खादा भिरौं माला भिरौं
घर घरमा धूलो छ्यापेर महंगा गाडी छिरौं

खिचाउँ, फोटो खिचाउँ
नेताकहाँ धाउँ
दायाँ बनाउँ बायाँ बनाउँ 
सेल्फी चलाउँ

हाम्रा लाखौं भाइहरू
अरब कतार गएकै छन्
उनीहरूले थुक सुकाएर पठाएको पैसामा
मोज मनाऔं
पिकनिक र पार्टी जाउँ
ह्याप्पी न्यु इयर भन्दै
अंग्रेजी गीत गाउँ ।

झापा, हाल :काठमाडौं