सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माला मञ्च र माईक

Nepal Telecom ad

जीवनको अस्ताचलमा पुग्नुभएका height=
श्रद्धेय नेताजीलाई सोधें
अन्तिम इच्छा के छ हजुर !{{read_more}}
उहाँले थर्थराउँदै भन्नुभो
माला मञ्च र माईक ।

ठेकदार ब्यापारी र कर्मचारीको टिकटमा
प्लेन चढ्नेहरूलाई सोधें
तपाईंको पावर के छ हजुर !
उहाँले छाती फुकाउँदै भन्नुभो
माला मञ्च र माईक ।

राजनीतिको पहिलो यात्रामा
पाइला राखेको युवालाई सोधें
तपाईंको लक्ष के हो ?
उनले दृढ हुँदै भने
माला मञ्च र माईक ।

देशको चिन्ता गरिरहेको
एउटा नागरिकलाई सोधें
देशको अग्रगमनको बाधक के हो ?
उसले निधार खुम्च्याएर दिक्क हुँदै भन्यो
माला मञ्च र माईक ।

झापा, हाल : काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने