सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ज्योतिषि विद्या

Nepal Telecom ad

एक दिन एउटा ज्योतिषिलाई  height=
सयको नोट थमाउँदै आफ्नो हात देखाएँ
ज्योतिषिले पनि पावरदार जश्मा नाकमा टेकाएँ {{read_more}}
र भने 
अहिले तिमीलाई राहु र केतु लाग्याछ 
धेरै वर्षपछि शनी पनि जाग्याछ 
तिमीले जेमा हातमा लिए पनि घाटै घाटा हुन्छ 
त्यसैले तिम्रो भाग्य अली पर पर भाग्याछ 
अरुलाई दिएको पैसो पनि नफर्किने हुन्छ 
तर चिन्ता गर्नु पर्दैन 
यो ग्रहगोचरले दुई चार दाम माग्याछ । 

केही महिना पछि
तिनै ज्योतिषिलाई हजारको नोट थमाएँ
हत्त न पत्त ज्योतिषिले मेरो हात समाए
र भने 
अब तिम्रो भाग्य झनझन राम्रो हुँदैछ
भाग्य खराबत बरु अब हाम्रो हुँदैछ
तिमीले जे हातमा लिए पनि ब्यापार बिजिनेस फल्छ 
अब तिम्रो अगाडि न राहु न केतुको कै चल्छ ।  

केही वर्षपछि
तिनै ज्योतिषिलाई दुईचार हजार टक्राएँ
र मेरो हात हेर्नुस् त गुरु भन्दै हात पक्राएँ
ज्योतिषिले हजार नोटले तिर्मिराउँदै भने 
तिम्रो भाग्य अब बत्ती जस्तै झिलिक्क बल्याछ 
राहु केतु अब सुकेको रुख जस्तै ढल्याछ 
तिमीले जे छोए पनि
त्यो त लक्ष्मी भएर आउँछ 
यस्तो भाग्य त साँच्चै भगवानले मात्र पाउँछ 
अब तिमी लाखको के कुरा करोडौं करोडमा खेल्छौ 
तिम्रा चिन्ताका दिन सकिए 
जस्तो सङ्कट पनि झेल्छौ 
तर आफ्नो समस्या भने 
हिजो जस्तो थ्यो आज पनि त्यस्तै थियो 
थाह पाइहाल्नु भो नि अब तपाईले पनि
यी नामी भनेका ज्योतिषिको विद्या कस्तो थियो ? 

दाङ, हाल : काठमाडौं 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे