सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

त्यसैले, अस्थिरतावाद जिन्दावाद !

Nepal Telecom ad

नआओस् भनेर प्रार्थना गर्दागर्दै वामहरूको बहुमत आयो । गठबन्धनमा लठबन्धन त पक्कै होला ।{{read_more}} कदाचित कुनै लठबन्धन  height=भएन भनेचाहिँ पाँच वर्षलाई स्थायी सरकार बन्ने खतरा देखियो । हामी धेरैका लागि राजनीतिक स्थिरता र स्थायी सरकार भनेको खतरै हो । एउटा दलको बहुमत भएपछि के हुन्छ ? पाँच वर्षसम्म उसकै मात्र रजाइँ हुन्छ, उसकै मात्र दाइँ चल्छ । पाँच वर्षसम्म एउटै प्रधानमन्त्री, तिनै मन्त्रीहरूको अनुहार हेर्नुपर्छ । सत्ताको स्वाद तिनैले मात्र लिन पाउँछन् । त्यहाँ प्रजातन्त्र हँुदैन । प्रजातन्त्रमा त पालैपालो सबैले हसुर्न पाउनुर्पयो नि ! स्थिर सरकारमा अधिनायकवाद हुन्छ भनेर प्रधानमन्त्री शेरबहादुरज्यूले त्यत्तिकै भन्नुभा हो र !   

वामहरूले चुनावअघि मुखले भनेजस्तै काम पनि गरे भने सर्वसाधारणबाहेक ठूलो वर्ग, समूह र व्यक्तिलाई धेरै नोक्सानी हुन्छ । प्रमुख प्रतिपक्षी दलको त हरिबिजोग हुन्छ भने स्वतन्त्र र साना दलले त मुख बाएको बाई पाँच वर्ष बिताउनुपर्छ । मुसाहरूले सधैँ चरिआएको ढुकुटीको प्वाल बन्द हुन्छ । 

राजनीतिक स्थिरताले हामी नेपालीलाई मात्र होइन, छिमेकीहरूलाई पनि टाउको दुखाउँछ । कतिपय छिमेकी मुलुकका सञ्चारमाध्यम र नेताहरूले चिन्ता प्रकट गर्न थालिसके । अन्तर्रा्ष्ट्रिय संघसंस्था, एनजीओ, आईएनजीओहरूलाई पनि अस्थिरतै प्यारो हुन्छ । द्वन्द्व, गरिबी, अशिक्षा, पछौटेपनका बिरुद्ध काम गर्ने संघ–संस्थाको जागिरलाई पनि स्थिरताले धक्का र्पुयाउने सम्भावना हुन्छ । गठबन्धनले कदाचित राम्रै काम र्गयो भने भ्रष्टाचारी, दुई नम्बरी, कालाबजारी, बिचौलियाहरूका लागि पनि यो हानिकारकै हुन्छ । हामी धेरै छौँ स्थायित्त्वबाट नोक्सान बेहोर्नुपर्नेहरू ।

त्यसैले हामीले हाम्रो हित रक्षाका लागि बेलैमा सोच्नुपर्छ । हामी अस्थिरताका पक्षपातीहरूले आजैदेखि आफ्नो काम थालिहाल्नुपर्छ । यसका लागि हामीमध्ये विशेष पत्रकारिता गर्ने साथीहरूको विशेष सक्रियता आवश्यक हुन्छ । हामी सक्रिय भइसकेका पनि छौँ । हल्लाको खेती गर्न हामीलाई कसैले सक्दैन । छिनको छिनमा संसारभरि हल्लाको हावा फिँजाउन सामाजिक सञ्जालहरू छँदैछन् । गठबन्धनका गढहरूमा छिटोभन्दा छिटो धावा बोल्नुपर्छ । त्यसका लागि नेताहरूका सनसनीपूर्ण अन्तर्वार्ताहरू, भनाइहरू छाप्नुपर्छ । अद्भुत शीर्षकका समाचारहरू बनाएर प्रकाशन–प्रसारण गर्नुपर्छ । कोही केपी ओलीतिर र कोही प्रचण्डतिर लागेर दनादन प्रहारहरू सुरु गरिहाल्नुपर्छ । त्यस्ता समाचारका केही नमुना शीर्षकहरू यसप्रकार हुन सक्छन्स् 

– एमालेले काखी नच्यापेको भए माओवादीले पाँच सिट पनि जित्ने थिएन– केपी ओली 

– पार्टी एकतापछि ओली प्रधानमन्त्री र म अध्यक्ष हुने सम्झौता भएको छ– प्रचण्ड 

– ओली र प्रचण्डबीच कुनै सम्झौता भएको भए पनि हामी मान्दैनौँ – माधव नेपाल 

– वाम एकतापछि ओली प्रधानमन्त्री हुने, अध्यक्ष पनि नछाड्ने

– ५०–५० को भागबन्डा नभई पार्टी एकता नहुने ।

यस्ता केही भँडुवा समाचार छापेपछि अवश्य लडाइँ सुरु हुनेछ । खास गरी युवा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा आगो ओकल्न थाल्नेछन् । पाखुरा सुर्कासुर्की गर्न थाल्नेछन् । युवा रगतमा सत्यतथ्य खोज्ने धैर्य हुँदैन । त्यसको असर नेताहरूमा नपर्ने कुरै छैन । त्यसैले हामी अस्थिरतावादीहरू एकजुट होऔँ र आजैदेखि गठबन्धनका गाँठाहरूमा प्रहार गर्न थालौँ । सकेसम्म तुरुन्तै, नभए पनि केही समयमा गाँठाहरू अवश्य चुँडिनेछन् । हाम्रा राम्रा दिनहरू कायमै रहनेछन् । अस्थिरतावाद जिन्दावाद !

नेपाल, पुस ४, २०७४
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे