खाल तिम्रै, अरे वाह ! दाउ पनि तिम्रै 
जुवापण्डित शकुनीको बाउ पनि तिम्रै

सबै ग्रह रिझाउन सिपालु छौ तिमी 
बुध–मङ्गल–बृहस्पति राहु पनि तिम्रै

नदीनाला बोटे माझी सारा अनुकूल 
कति मज्जा,बहाना र नाउ पनि तिम्रै

उपहार हामीलाई यस्तो दिएका छौ 
चोट–पीडा–आँसु अनि घाउ पनि तिम्रै

पकाऊ खाऊ सेल रोटी अझ हसुर है 
पीठो घिउ चिनी दाउन ताउ पनि तिम्रै

तिम्रै बजार, तिम्रै शहर बेचिने त हामी 
किने हुन्छ, हुन्छौं बिक्री, भाउ पनि तिम्रै

जोख जोख तराजुमा जोख हामीलाई 
धार्नी तिम्रै तोला मासा पाउ पनि तिम्रै ।

चितवन