घुम्ती कविगोष्ठी नेपालले आफ्नो ६३ औँ शृङ्खला सम्पन्न गरेको छ ।  २०७४ माघ महिनाको दोस्रो शनिबार १३ गते काठमाडौँको कपनस्थित सुनगाभा टोलमा कवि त्रिलोचन आचार्यको निवासमा बिहान ८ बजेदेखि सुरु भएर १० बजे सम्पन्न भएको थियो । 

आचार्यकै संयोजन र सभापतित्वमा सम्पन्न गोष्ठीमा भारद्वाज मित्रको प्रमुख आतिथ्य थियो भने साहित्यकार मधुसुदन पाण्डे, पत्रकार निबन्ध आचार्य, राममणि आचार्य र ढुण्डीराज मरासिनीको पनि आतिथ्य थियो । 

रामकुमार पण्डित क्षेत्री, माधवलाल श्रेष्ठ, ओमप्रसाद कोइराला, मुुकुन्द न्यौपाने, परशुराम पराशर, डिल्लीप्रसाद मूलतिहुन, रामप्रसाद चापागाई, जनार्दन आचार्य, मिसन अधिकारी, टेकराज घिमिरे लगायतलेृ कविता वाचन गर्नुुभएको थियो ।