मूर्ति
छिना हथौडाले खारिएको
सिल्पकारको सीपले सजिएको {{read_more}}
आजन्म चुँक नबोल्ने तिमी
भन तिमी कुन नामले चिनिएको ?
सुख दुखमा तिमीलाई पुकार्छौं
खै त तिमीले दर्शन दिएको
हरदिन तिम्रै प्रार्थनामा
सबकुछ मेरो दिल छ लागेको ।
रहेछौ तिमी आखिर पत्थरको
दिल तिमीमा कहिँ रहेनछ
बाहिर व्यर्थ किन अत्तर छरेको
महामूर्ख ठानेँ मैले आफूलाई
त्यहि मूर्तिमा सदा टाउको ठोकेको ।
ब्रम्हाश्त्रले पनि नभेदिने
कुन शिलाले छौ तिमी बनेको ?
काठमाडौं