वेद ! पुराण ! भित्र कतै गीता हराउँदैन ।
गजलको बाढीमा पसि कविता हराउंदैन।।

मुख र हात जोडिन समय जुर्नु पर्छ ।
उचालिसकेको गांसमा सिता हराउँदैन ।।

दिनु अलिकति परे चाहन्न चुंड्न कोही।
मनै खुशी भए यदि रमिता हराउँदैन ।

गुमाई के(के जीवनभर छट्पट् छ साथमा ।
धुवाँको पर्दा भित्र पनि चिता हराउँदैन ।।

कोशीदेखा, काभ्रे