नयाँ लुगा किन्न आमासँगै शहरको कपडा पसल पुगेकी छोरीले ग्रन्ज गरिएको प्यान्ट देखाउँदै भनी– “आमा मलाई यो प्यान्ट मन पर्यो । मलाई यहि प्यान्ट किनि दिनुस् ।”

आमाले छोरीका हातको प्यान्ट आफ्ना हातमा लिइन् र वल्टाइ पल्टाइ गरेर हेरिन् अनि छोरीलाइ फिर्ता दिँदै भनिन् “शहरमा जस्तो नायाँमैं फाटेको प्यान्ट हामीले किन किन्नु पर्यो र ! छोरी ? हाम्रो गाउँमा दुई महिना मल र घाँस दाउराको भारी बोकेपछि आफै फाटेर यस्तै भै हाल्छ नि ।”

गौरादह– ७, झापा
२०७४÷११÷१२
साँघुटार, रामेछाप