देख्याैं नाटक थुप्रै पाली कामचलाऊ
पर्दाभित्र पकायाैं अाफ्नै निम्ति पुलाउ ।
बाेल्याैं थल्बल बाेली चस्मा माथि धकेली
कुर्सी बाेल्दछ टुक्का 'के भन्देखि' अकेली ।।

पारी लट्पट जिब्राे दाह्री झुस्स फुलाई
बाेल्ने काल पुरानाे सम्झूँ खै किन भाइ ?
सुत्थ्याे शेर गुफामा काढी दैनिक हाई
मार्थी रे बघिनीले वैरी मन्त्र जगाई ।।

राजा एक उखेली राजा सात जुटायाैं 
आस्था बन्धु सबैकाे मारी आँत फुटयाैं ।
चारैतर्फ पुजारी घेर्ने छन् हनुमन्ते
खल्ती भर्नु छ आफ्नै अर्काे खा किन भन्थे ।।

पालाे भाग लागाई नेता चुन्दछ कुर्सी
माेदी आशिष पाई टुक्का बुन्दछ कुर्सी ।
टुक्का खाट बनाऊ टुक्का आसन जाेड
टुक्का हाल सिरानी टुक्का कम्बल ओढ ।।

टुक्का भात पकाऊ टुक्काकै तरकारी 
टुक्का दाल लयालु टुक्का भाेज्य तयारी ।
टुक्कादार छुरीले आस्था काट टुटाऊ
टुक्का स्वाद नपस्के भान्सा पस्न नआऊ ।।

तिम्राे इज्जत राख्दै गाली गण्डक खान्छ 
दाैरा काेट लगाैंटी टाेपी दक्षिण तान्छ । 
काेशी बाँध नखाेली कर्णाली थुन पानी 
जम्मै देश डुबाई टुक्के जाहज ल्याऊ ।।

लाग्छन् भाषण फिक्का टुक्के बात बिनाका 
हाँस्तै व्यङ्ग्य सुसेल्छन् टुक्के दाँत बिनाका ।
टुक्र्याऊ बरु माटाे माटाे हाे जड रुन्न 
चर्काेस् शैल हिमाली टुक्का टुक्रन हुन्न ।।

टुक्का निल्छ गरीबी पार्दै उन्नत टुक्का
खाऊ राहत टुक्का याे आश्वासन टुक्का ।
गायत्री बरु छाेडे टुक्का फल्छ नछाेडे
घाेक्न नजाने टुक्का पर्ला पक्रिन हुक्का ।।