ट्रम्प पुटिन र किमका कुरा अर्कै छन् 
उखु कागती र निमका कुरा अर्कै छन् ।

नेताहरू काँचो निमारो या पिंणालु होलान् ?
सुन्तला स्याउ र दारिमका कुरा अर्कै छन् ।

घरकी अर्धाङ्गिनी तारवाला फोन जस्तै रे 
टचस्क्रिन मिम्मोरी र सिमका कुरा अर्कै छन् ।

समाचार आइरहेछन करेन्ट लाग्ला झैं
पत्रकार–तार स्विच र चिमका कुरा अर्कै छन् ।

स्विकार्छु मेचीको कुरा कालीले बुझेन होला !
यहाँ त पाँचथर र फिदिमका कुरा अर्कै छ्न ।