सपना
वर्षा भो सपना अनेक रङका बाढी यसैको चल्यो
हेर्दैमा निबुवा ढपक्क हुन गो अम्बा त्यहीँ पो फल्यो {{read_more}}
बोरा चामलका हिँडेर सहजै भान्छातिरै पो पसे
नाङ्गो आङ जडेर स्वर्ण कपडा दर्वारभित्रै बसे ।
भैगो प्रात नआ मजा छ यसमै डुब्दै रहूँ गर्वले
हाम्रो भाग सदैव मिष्ठ सपना देख्दै रहूँ हर्षले
बुझ्ने भाग झिकेर मस्तक खुला पार्दा अझै सुन्दर
जा जा जा परजा सदैव विपना सप्ना रहोस् अम्मर ।
काठमाडौं